गर्मीमा स्फूर्त रहन यी कुराहरु खानुस्
Advertisement
दही
गर्मीमा दही एकदमै उत्तम खाना हो। यो हाम्रो दैनिक जीवनमा अपरिहार्य बनेको छ। यसबाट हामीले मोही बनाएर खान सक्छौं, लस्सी बनाउन सक्छौं। गर्मी महिनामा खानासँग दही खान पनि राम्रो हुन्छ। यसमा पर्याप्त प्रोटिन हुन्छ। यसले एलर्जी तथा अल्सर हुनबाट जोगाउँछ। दही मिसाइएको कुनै पनि खाना खान गर्मीमा राम्रो मानिन्छ।
आँप
खर्बुजा, लिची, काँक्रो
खर्बुजा, काँक्रो, लिचीमा पर्याप्त पानीको मात्रा हुन्छ। खर्बुजामा ९१ प्रतिशत र लिचीमा ८० प्रतिशत पानीको मात्रा हुन्छ। साथै यो गर्मीमा सजिलै पाइने र सर्वसुलभ मुल्यमा पाइने खानेकुरा हो। यस्ता खानेकुराहरूले गर्मीबाट बचाउँछ।
गर्मीमा सलाद खान एकदम उत्तम हुन्छ। यसले तपाईंलाई स्फुर्त भएको महसुस गराउँछ र अल्छीपनाबाट टाढा राख्छ।
आइसक्रिम
कुनै पनि उमेरसमूहको मानिसलाई आइसक्रिम मन पर्छ। गर्मीको समयमा आइसक्रिमले शीतल बनाउँछ।
सातु
सातुलाई हेलाँको दृष्टिकोणले हेर्ने गरिएको छ। यो गरिबले मात्र खान्छन् भन्ने मानसिकता त्याग्नुहोस्। किनकि यो स्वास्थ्य बन्नलाई एक नभई नहुने खाना हो। सातु प्रायजसो गहुँ र चनाको बनाइन्छ तर तपार्इंले आफूले मनपर्ने खालको अन्य गेडागुडीबाट पनि बनाउन सक्नुहुन्छ। तपाईंले यसमा थोरै कागतीको रस, नुन, भुटेको जिराको धुलो मिसाएर पनि खान सक्नुहुन्छ। यो स्वास्थ्यको लागि धेरै लाभदायक हुन्छ, गर्मीमा फाइदा गर्छ # अन्नपुर्ण पोस्ट

Advertisement