विश्वकपमा नेदरल्याण्डसँग स्पेनको लज्जास्पद हार
Advertisement
३१ जेठ, काठमाडौं । ब्राजिल विश्वकप फुटबलमा डिफेण्डिङ च्याम्पियन स्पेनले नेयरल्याण्डसँग लज्जापद हार व्यहोरेको छ । शनिबार विहान भएको समूह बीको पहिलो खेलमा स्पेनलाई ५-१ गोल अन्तरले पराजित गर्दै नेदरल्याण्ड विजयी सुरुवात मात्र गरेन, अघिल्लो संकरणको फाइनलमा व्यहोरेको हारको मिठो बदला समेत लिएको छ । विश्वकपकै इतिहासमा पहिलो पटक पछिल्लो संकरणको विजेता र उपविजेता समूह चरणमा भिडेका थिए । जसलाई जोहनेसबर्ग फाइनलको रिप्लेदेखि टिकटिका र काउन्टर आक्रमण फुटबल शैलीसम्मको भिडन्तका रुपमा हेरिएको थियो । खेलमा अग्रता भने स्पेनले लिएको थियो । २७ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै जाभी एलोन्सोले स्पेनलाई अग्रता दिलाए । डिएगो कोस्टालाई डिफेन्डर स्टेफन डे व्रिजले फल गरेपछि स्पेनले पेनाल्टीको मौका पाएको थियो ।
तर, पहिलो हाफको अन्त्यमा नेदरल्याण्डले बराबरी गोल फर्कायो । काउन्टर आक्रमणमा झण्डै मध्यभागबाट दिएको लामो पासमा डच स्टार रोविन भानपर्सीले डिबक्स एरियाको टच लाइनबाट उत्कृष्ट हेड गोल गरे । दोस्रो हाफमा भने नेदरल्याण्ड हावी भयो । दोस्रो हापमा एकपछि अर्को गोल गर्दै नदरल्याण्डले स्पेनको रक्षा पंतिको कमजोरी उजागर गरिदियो । ५३ औं मिनेटमा आर्जेन रोविनले गोल गर्दै नेदरल्याण्डलाई अग्रता दिलाए । उनले जेरार्ड पिकेसहितका दुई डिफेण्डरको बीचमा लङ पास कलेक्ट गर्दै सुन्दर गोल गरे । खेलको ६४ औं मिनेटमा स्टेफनले गोल गरे । उनले फ्रिकिक बलमा हेड गोल गरेका हुन् । उनको यो पहिलो अन्तराष्ट्रिय गोल हो ।
७७ औं मिनेटमा फेरि भानपर्सी छाए । उनले स्पेनका गोलरक्षक इकर कासिलासको गल्तीको फाइदा उठाए र गोल गरे । कासिलासले व्याकपासमा आएको बल नियन्त्रणमा लिनुको साटो पास खेल्न खोज्दा भानपर्सीले बल खोस्दै गोल गरेपछि नेयरल्याण्ड ४-१ को अग्रता लिन सफल भयो । खेलको ८० औं मिनेटमा रोविनले एक्लो प्रयासमा गोल गरे । दुई डिफेण्डिरका बीचमा बल अघि बढाएरका उनले स्पेनका गोलरक्षक कासिलासलाई विट गर्दै गोलरक्षकबीना डिफेण्डरको बीचबाट गोल गरे । स्रोत # अनलाइन खबर