विश्वकप फुटबलमा ब्राजिलको विजयी सुरुवात, नेयमार चम्किए |
Advertisement
खेलको ७१ औं मिनेटमा ब्राजिलले पेनाल्टी पायो । लोभरानले लोभरेनले हल्का छोएका मात्र थिए । फ्रेड डि बक्स भित्र लडेपछि जापानी रेफ्रीले ब्राजिललाई पेनाल्टीको मौका दिए । जसमा नेयमारले कुनै गल्ती गरेनन् र ब्राजिललाई २-१ को अग्रता दिलाए । यद्यपि रेफ्रीको यो निर्णय विवादास्पद बनेको छ । खेलको ९० औं मिनेटमा ओस्कारले गोल गर्दै ब्राजिललाई ३-१ को जित दिलाए । तर, ब्राजिलको प्रदर्शन सोचेजस्तो थिएन । बराबरीपछि क्रोएसियाविरुद्ध गोल गर्न झण्डै ४० मिनेटमसम्म कुर्नु परेको थियो । यसअघि २७ औं मिनेटमा नेयमारले पहेँलो कार्ड पाए । बल हेड गर्ने क्रममा क्रोएसियाका लुका मोडरिकलाई फल गरेका थिए । खेलपछि क्रोएसियाका प्रशिक्षकले भने रातो कार्ड नदिएको भन्दै असन्तुष्टि जनाए ।

Advertisement

