माछा मार्ने विषयमा सेना र स्थानीयबीच झडप
Advertisement

४ असार, चितवन । पश्चिम चितवनको मेघौलीस्थित गोलाघाटमा माछा मार्ने विषयलाई लिएर नेपाली सेना र स्थानीयबीच झडप भएको छ । मंगलबार राति भएको झडपमा तीन सैनिक र दुई जना स्थानीय घाइते भएका छन् । घटनाबारे थाहा पाएपछि नियन्त्रणका लागि गएको प्रहरी टोलीमाथि समेत आक्रमण हुँदा एक जना प्रहरी घाइते भएको चितवनका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताए । उना अनुसार घाइतेको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।


 घाइतेको भने नाम खुलाइएको छैन । चिवतन निकुञ्जको आसपासमा मध्यवर्ती क्षेत्रका मानिसहरुले नदीमा माछा मार्ने गर्दछन् । तर, उक्त क्षेत्रमा बिना अनुमति माछा मार्न पाइँदैन । माछा मार्ने विषयमा विवाद भएको भनिए पनि यकीन कारणबारे भने जानकारी आइनसकेको प्रहरीले जनाएको छ । झडपपछि स्थानीयले नेपाली सेनाको गाडीसमेत नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् । रासस



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.