.अर्बपति विनोध चौधरी परिवारमा सुटुक्क विहे
Advertisement

पत्रपत्रिका १५ जेठ
काठमाडौं,चौधरी ग्रुपका प्रबन्ध निर्देशक एवं युवा उद्यमी निर्वाण चौधरीले आफ्नी प्रेमिका अश्रयता कार्कीसँग सुटुक्क विवाह गरेका छन्  गत १४ अर्थात् वैशाख ३१ गते धर्मगु श्री विशंकरको आशीर्वाद ग्रहण गर्दै उनीहरु वैवाहीक सम्बन्धमा बाँधिएको बताइन्छ ।


आजको साप्ताहिकमा खबर छ– भारतको बैंग्लोरस्थित श्री रविशंकरको ‘द आर्ट अफ लिभिङ’ आश्रममा दुवै परिवारका सिमित सदस्यको उपस्गिथतिमा उक्त विवाह सम्पन्न भएको बताइन्छ ।
निर्वाणले यसअघि गरेको विवाहा सफल हुन सकेको थिएन । सन २००७ मा निर्वाणको पहिलो विवाह  भारतीय युवती स्वस्ति मित्तलका साथ भएको थियो तर दाम्पत्य जीवन सुखद् हुन नसकेपछि उनीहरुले छुट्टिने निर्णय गरेका थिए । पछिल्लो समय निर्वाण र आश्रयताबीच प्रेम सम्बन्ध भए पनि उनीहरु कहिले विवाह गर्छन् भन्ने प्रष्ट थिएन । चौधरी परिवारले यो विवाहलाई भरसक गोप्य राख्न चाहेको देखिन्छ ।  व्यक्तिगत  प्रसंग भएकाले पनि यो कुरा बाहिर नआओस् भन्ने चहाना रहेको निकट परवारिक स्रोत बताउछ ।  यसै कारण विवाह भएको दुई सातापछि मात्रै यो खबर खुलासा भएको हो ।
एक अर्कालाई मन पराएर विवाह गरेकाले  निर्माण र आश्रयताको जोडी खेसी देखिन्छ ।  दुवैको परिवार पनि यो सम्बन्ध गाँसिएकोमा खुसी भएको स्रोतले बताएको छ ।  विवाहमा सारिक भएका दुवै परिवारका एक दर्जन सदस्य सोसियल नेटवर्कमा छन्, तर कसैले पनि विवाह बारे जानकारी र तस्बिर राखेका छैनन् । दुवै परिवारले यो विवाहलाई गोप्य राख्न चाहेको यसबाट पनि पुष्टि हुन्छ ।
फोब्र्स अर्बपतिका रुपमा सुचीकृत एक मात्र नेपाली व्यावसायी विनोद चौधरीका ज्येष्ठ  सुपुत्र हुन् निर्वाण ।  निर्वाणका माइला भाइ राहुलको विवाह केह िसमय अघि भारतमै राजसी ठाँटका साथ सम्पन्न भएको थियो । मनपराएकी युवतिसँग विवाह गर्ने निर्वाणको चहानालाई बुझेर पिता विनोद उनीहरुको वैवाहिक सम्बन्धको चाँजो मिलाउन केहि समय अघि नै बैंल्लोस गएका थिए । source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.