गौतमबुद्धको मावली गाउँमा कपिलवस्तुमा फेला नपरेका सामग्री भेटियो...
Advertisement

नवलपरासी, जेष्ठ १३ । कोलिय गणराज्यको राजधानी प्रमाणित गर्न नवलपरासीको बञ्जरीयास्थित पण्डितपुरमा फेरि उत्खनन थालिएको छ ।

पुरातत्व विभागले बैशाख २४ गतेदेखि उत्खनन थालेको हो । उत्खनन गर्न पुरातात्विक विभागका बरिष्ठ पुरातत्वविद तारानन्द मिश्र, पुरातत्व अधिकृत भाष्कर ज्ञवालीसहित पाँच जनाको टोली उक्त स्थानमा खटिएका छन् ।
करिब दुई सय वर्ष अघि कपिलवस्तुमा उत्खनन गर्दा फेला नपरेका पुराना सामग्री पण्डितपुरमा फेला परेको पुरातत्वविदहरुले दाबी गर्दै आएका छन् ।
पण्डितपुर गौतमबुद्धको मावली गाउँ समेत हो ।
विगत वर्षहरुमा भएको उत्खननमा विभिन्न कालका प्राचीन प्रमाण फेला परेपछि पुरातत्वविदहरुले यो स्थान कोलियको राजधानी भएकोे बताएका थिए ।
यद्यपी नेपाल सरकारले भने यसबारे केही बोलेको छैन । उक्त स्थानबाट हालसम्म मौर्यकालका ढुंगा, गरगहना, कचौरा, थालका टुक्राहरु, भाडा, इनार फेला परेका छन् ।
त्यस्तै बौद्धकालिन मडुवाल, काठका खम्बा, माटाका भित्ता फेला परेका छन् भने मुस्लिमकालका माटाका भाडा र शिशा अहिलेको उत्खननमा फेला परेको छ ।
करिब ६६ विगहा क्षेत्रफलमा फैलिएको उक्त स्थानको सबै जग्गा स्थानीयको स्वामित्वमा छ ।
हरेक वर्ष स्थानीयले खनजोत गरेकाले पुरातात्विक महत्वका सामग्री नष्ट हुँदै गएकाले उक्त जग्गालाई सरकारले स्वामित्वमा लिनुपर्ने सुझावसमेत दिइएको छ ।source tajakhabar



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.