-पढ्नुहोस्ः यी १० सपनाले मृत्युको संकेत दिन्छ
Advertisement
सुतेको बेलामा अनौठो घटना अनि कथामा भुल्छौं । धैरै मानिस जम्मा भएको बेला, कोही नचलीकन बसेको सपना देखेको केही दिन पश्चात आफन्त वा प्रियजनको मृत्युको खबर आइपुग्छ । मृत्युको सपना, मरण अनि वियोग सबैभन्दा दु :खद क्षण हो । परापूर्वकालदेखि सपनामा देखिने कुराहरु यो दुनियाँको नभइ अर्कै संसारको घटना हुन् जसमा हामी जान सक्देनौं, तर त्यो दुनियाँको दृश्यहरु हाम्रो सपनामा आउँछन् । त्यसैले सपनाको कुराहरु वेवास्ता गर्न नहुने भनिएको छ । चर्चा गरौं के सन्देश बोकेका हुन्छन् सपनाले ।
रामायणमा पनि मृत्यु बताउने संकेतबारे लेखिएको छ
बाल्मिीकीले लेखेको रामायणमा पनि त्यस्ता सपनाको बारेमा उल्लेख गरिएको छ । जसले भविष्यको मृत्युको संकेत गरेको हुन्छ । दशरथको मृत्यु भएको दिनको एकदिन पूर्व, भरतले दशरथ गाइको गोबरमा पौडी खेलिरहेको सपना देखेका थिए । चरत भने तेल पिउँदै थिए । उनले कालो कपडा लगाएका थिए, अनि कालै कपडा पहिरिएका महिलाहरुले घेरेका थिए भरतलाई । दशरथ भने रातो माला अनि निधारमा टिका लगाएर यमराजतर्फ बढ्दै थिए ।
मृत्युको संकेतहरु
कालो रंग:कालो रंगको अर्थ हुन्छ, थाहा नभएको, अचेतन, खतरा, रहस्य, अन्धकार, मृत्यु, शोक, तिरस्कार, घृणा वा द्वेष । यो रंगले तपाइलाई तपाइको अचेतनमा हेर्नको लागि उक्साइरहेको हुन्छ, तपाइलाइ आफ्नो बारेमा बुझ्न डाकिरहेको छ कालो रंगले ।
सर्प:सर्प अर्थ लागाउन गाह्रो संकेत हो । फरक–फरक संस्कृति अनुसार फरक फरक धारणा छ सर्पको बारेमा । भयाकन डरको संकेतदेखि ज्ञान र शान्तिको पनि अर्थ लगाइन्छ सर्पलाइ लिएर ।
कालो बिरालो:सदियौंदेखि कालो बिरालोलाइ रहस्य र कालो जादुको प्रतिकको रुपमा लिइन्छ । कालो बिरालो सपनामा देख्नाले असुरक्षा बढ्ने बुझिन्छ । कुनै थाहा नभएको कुराबाट तपाईंमा डर पैदा हुँदैछ भन्ने पनि बुझिन्छ । नराम्रो साइतको जानकारी पनि दिन्छ यस्तो सपनाले ।
दाँत झर्नु:सपनामा दाँत झरेको देखेमा कोही नजिकको मानिसको मृत्यु हुन्छ भन्ने विश्वास गरिन्छ ।
कालो चरा:कालो चरालाई ‘मृत्युको जानकार’ पनि भन्ने गरिन्छ । जहाँ मानिस मरेका हुन्छन् त्यहाँ कालो रंगको चरा वा कागहरु देखिने गरेको हुन्छ ।
बच्चाको स्याहार:सपनामा कुनै बच्चालाई स्याहार गर्दै हुनुहुन्छ अनि बच्चा रुन पुग्यो भने कि सपना देख्नेको मृत्यु हुन्छ कि त कोही अत्यन्त नजिकको मानिसको मृत्यु हुन्छ ।
डुब्न लागेको मानिसलाई बचाउँदा:सपनामा डुब्न लागेको मानिसलाई बचाउँदा, पानीमा हुने आत्माहरुले सजाय स्वरुप बचाउनेलाई मृत्युको सजाय दिने मान्यता चलिआएको छ।
यात्राको योजना:यदि सपनामा कुनै ठाँउमा जान योजना गर्दै हुनुहुन्छ वा कतै जान लाग्नुभएको छ भने विपनामा तत्कालै त्यो ठाँउमा जान नहुने विश्वास गरिन्छ । यस्तो सपनाले मृत्युलाई संकेत गर्ने मानिन्छ ।
नाच्नु अनि गाउनु :सपनामा खुसी हुदै नाच्ने गाउने देखिन्छ भने सपना देख्ने मानिसको हत्या हुन्छ भनि विश्वास गरिन्छ ।
एक्लै पिउनु:सपनामा एक्लै बसेर पिउँदै गरेको देखिन्छ भने मृत्यु नजिक आउँदैछ भन्ने बुझिन्छ । source onlinekhabar
Advertisement