.माइकल ज्याक्सनको घर बिक्री गरिने
Advertisement

स्वर्गीय पप स्टार माइकल ज्याक्सनको पुरानो घर नेभरल्याण्ड र्‍यान्चको बिक्री गरिने भएको छ। २७०० एकरमा फैलिएको यो घर हाल साइकामोर भ्याली र्‍यान्चको नामले प्रसिद्ध छ।


ज्याक्सनको यो घरको मूल्य १० करोड डलर तोकिएको छ।

ज्याक्सनको घरमा रहेको चिडियाखानाका जनावरहरुलाई बाहिर लगिसकिएको भएपनि त्यहाँ भएको रेल स्टेसन भने अझै रहेको बताइएको छ। सान्टा बारबराबाट चालिस माइल टाढा लस ओलिभोसस्थित उक्त घरमा माइकल ज्याक्सनले करिब १५ वर्ष विताएका थिए।

१२ हजार वर्गफुटमा फैलिएको घर समेत गरेर साइकामोर भ्याली र्‍यान्चमा २२ वटा भवन रहेको छ।

सन् १९८७ मा माइकल ज्याक्सनले किनेको यो घरमा ५० सिट क्षमताको सिनेमा थिएटर पनि रहेको बताइएको छ।source onlinekhabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.