सुख्खा पहिरोले कालीगण्डकी थुनिएपछि ७ जिल्लामा 'हाई एलर्ट'
Advertisement

काठमाडौं : सुख्खा पहिरोले कालीगण्डकी नदी पुरै थुनिएपछि गृह मन्त्रालयले सात जिल्लामा ‘हाई एलर्ट’ घोषणा गरेको छ ।

 आइतबार बिहान म्याग्दीको राम्चे–९ काफलडाँडाँ नजिकैको चट्टानी पहाड खसेर झरेको भीषण सुख्खा पहिरोले भगवती–२ स्थित बैंसेरीमा कालीगण्डकी नदी थुनिएपछि गृहमन्त्रायले सो नदीका तटीय जिल्लामा ‘हाई एलर्ट’ जारी गरेको हो ।
गृहले नदीको तटीक्षेत्र आसपासमा हुनसक्ने क्षति रोक्न ‘हाई एलर्ट’ जारी गरेको हो । गृह मन्त्रालयले नदीका तटीय जिल्लाहरु म्याग्दी, बाग्लुङ,पर्वत, पाल्पा गुल्मी स्याङ्जा र नवलपरासीसम्मका नदी किनारका बासिन्दालाई उच्च सतर्क अवस्थामा रहन निर्देशन जारी गरेको हो ।
गृहका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले पहिरोले थुनिएको नदी खुलाउन नेपाली सेनाको विशेष टोली त्यसतर्फ जान लागेको जानकारी दिए ।source:annapurnapost



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.