...जियाको आत्महत्याका विषयमा सलमानले खोले मुख
Advertisement

नायिका जियाको खानको आत्महत्यासँग आफ्नो नाम जोडिएको प्रति नायक सलमान खानले पहिलो पटक मुख खोलेका छन् । उनले आफुलाई जियाको आत्महत्यासँग जोडिएको प्रति दु:ख व्यक्त गर्दै आफू त्यस विषयमा कुनै जानकारी नभएको समेत बताएका छन् ।


उनले एक दैनिक पत्रिकासँग कुरा गर्दै आफूले जिया र सुरजको विषयमा कुने कुरा नबोलेको र आफूले उनीहरूबीचको सम्बन्धका बिषयमा पत्रिकाबाट मात्र थाहा पाएको बताएका छन् । आफुले सुरजका बाबुसँग कहिल्यै पनि जिया र सुरजका सम्बन्धका विषयमा कुरा नगरेको प्रष्ट पारेका छन् । उनले आफूलाई जियाको आत्महत्यामा बिना कारण नाम जोडिएको भन्दै दु:ख व्यक्त गरेका छन् ।

उनले आफुलाई अर्काको नीजि जीवनका बारेमा कुरा गरेर हिड्ने फुर्सद नभएको भन्दै आफू आफ्नै जीवनका बारेमा हरपल सोच्ने गरेको बताउँछन् । सलमानले आफ्नो नयाँ चलचित्रमा सुरजलाई लिन लागेका छन् । सुरजका बाबु आदित्य सलमानका साथी भएको नाताले सुरजलाई चलचित्रमा लिन लागिएको बताइएको छ ।

यसअघि जियाकी आमा राबीया खानले सुरजका बाबु सुरज र जियाको सम्बन्धप्रति सकारात्मक नभएको र उनले यसबारे सलमानसँग कुरा गरेको बताएकी थीइन् । उनले सलमानले सुरजलाई समेत जियालाइ छाड्नका लागि सल्लाह दिएको समेत राबीयाले बताएकी थिइन् ।source taja-khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.