.साहरुखले गरे १९ बर्षमा १२ पटक अप्रेशन
Advertisement

बलिउड बादशाह मानिने साहरुख खानले बायाँ हातको कुईनाको अप्रेशन गराएका छन् । मुम्बईमा रहेको ब्रीज क्याण्डी अस्पतालमा उनको उपचार गरिएको हो ।

पछिल्लो ७ वर्षदेखि उनी कुईनो दुखाईवाट पीडित थिए । उपचारको क्रममा यसअघि उनले इन्जेक्सनको सहारा लिएका थिए । तर, दुख्ने क्रम नरोकिएपछि अप्रेशन गराएका हुन् । उनको उपचारमा संलग्न चिकित्सकले एक महिना आराम गर्न र स्टन्टवाट टाढै रहन सुझाब दिएका छन् । उनी आराम गर्छन् वा पुन सुटिङमा दौडिन्छन् हेर्न बाँकी नै छ । तर, एउटा तीतो यथार्थ साहरुख र चोटको नाता निकै पुरानो छ । उनले १९ वर्षमा १२ पटक अप्रेशन गरेका छन् । १९९६ ‘इग्लीस बाबु देशी म्याम’को सुटिङको दौरानमा शाहरुखको तीन वटा औंला भाँचिएको थियो । केही दिनमै उनी ठिक भए र अर्को चलचित्र ‘त्रिमुर्ती’को सुटिङमा ब्यस्त भए । १९९७ अरुणाञ्चल प्रदेशमा ‘कोयला’ को सुटिङ गर्दै गर्दा उनको घुँडामा चोट लाग्यो । तत्कालै चोटको वास्ता गरेनन् र काम गरिरहे । पछि सोही चोटको कारण घुँडाको अप्रेशन गर्नु पर्‍यो । १९९८ मणीरत्नमको चलचित्र ‘दिल से’ को सुटिङ गर्दा उनको दायाँ खुट्टाको पञ्जामा चोट लाग्यो । उनले सोही बेला अप्रेशन गरेका थिए । १९९८ ‘डुब्लीकेट’को सुटिङ गर्दा पनि कष्ट्युमको कारण उनको शरीरमा घाउ लागेको थियो भने केही टाँका लगाउनु परेको थियो । २००१ ‘वान टु’ का फोरको सुटिङको क्रममा उनको दायाँ टाङ्मा चोट लागेको थियो । २००३ ‘शक्ति द पावर’को सुटिङमा शाहरुखको ढाडमा चोट लागेको थियो । त्यसपछि उनको हड्डीमा समस्या देखियो । सोही चोटको कारण ‘कल हो ना हो’ को सुटिङ सुरु गर्नु अघि उनले अप्रेशन गराएका थिए । २०१० ‘माई नेम ईज खान’को सुटिङमा उनको बायाँ काँधमा समस्या भएको थियो । सोही समस्याको कारण उनले बायाँ काँधको अप्रेशन गराएका थिए । २०११ ‘रा-वन’ को सुटिङको क्रममा दायाँ काँधमा चोट लागेको थियो । तत्कालै उनले अप्रेशन गराएका थिए । २०१३ ‘चेन्नई एक्सप्रेश’को सुटिङको क्रममा दायाँ काँधमा समस्या भएपछि तत्कालै अप्रेशन गराएका थिए । ‘रा वन’को छायांकनको क्रममा लागेको चोट फेरि बल्भिmएको डाक्टरहरुले बताएका थिए । २०१४ ‘ह्याप्पी न्यु इयर’को सुटिङको क्रममा झ्याल झरेर उनको काँधमा चोट लागेको थियो । चोट गहिरो भएको कारण तत्कालै अप्रेशन गर्नुपरेको थियो । २०१५ लगातार दुखाईवाट पीडित शाहरुखे ‘दीलवाले’को सुटिङ सुरु गर्नुअघि बायाँ हातको कुइनाको अप्रेशन गरेका हुन् । तर, उनी अहिले एक्सन चलचित्र ‘रइज’को छायांकनमा व्यस्त छन् । साथमा उनले नयाँ चलचित्र ‘दीलवाले’मा पनि डरलाग्दा एक्सनका दृश्य गर्नुपर्नेछ । यसकारण साहरुखले डाक्टरले भनेजत्ती आराम गर्छन् भन्ने पत्याउन सकिदैन । अनलाइन खबर

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.