..सर्वोच्चका पूर्वन्यायाधीश उप्रेतीले गरे ‘आत्महत्या
Advertisement

काठमाडौं, जेष्ठ ११ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश भरतराज उप्रेतीले ६५ वर्षको उमेरमा ‘आत्महत्या’ गरेका छन् ।


आइतबार राति आफ्नै निवासमा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

सुसाइड नोटमा ‘आफूले इच्छा मरण रोजेको र आफ्नो शव अस्पताललाई दिन र लाग्ने किरिया खर्च बराबरको रकम भूकम्पपीडितलाई उपलव्ध गराइदिन’ उनले आग्रह गरेका बताइएको छ ।

उनको शव पोस्ट मार्टमका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

उप्रेती करिब तीन वर्ष सर्वोच्च अदालतमा अस्थायी न्यायाधीशको रुपमा रहेका थिए ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.