.आखिर कता हराएकी छिन् नायिका गरिमा ?
Advertisement

काठमाडौं, जेठ ८ । बैशाख १२ गते गएको महाभूकम्पबाट धेरैले आफ्नो आफन्त गुमाएका छन्,धेरै घाईते भएका छन् अनि धेरैको घरबार उजाडिएको छ । यति बेला प्राय नेपालीहरु राहतको पर्खाइमा बसीरहेका छन् अनि भनिरहेका छन् हामीलाई केहि राहत देऊ,हाम्रा सन्तान भोकै छन् । हो यो कारुणीक आवाजहरु अहिले धेरै बस्तीमा सुन्न सकिन्छ र देख्न सकिन्छ ।


भूकम्पले आफ्ना गुमाएकाहरु देखी घरबार उजाडिएकाहरुको अहिले एउटै प्रश्न छ -‘हामीकहाँ एकमुठी खान पाउने राहत कहिले आउँछ ?’ तर दुखका साथ भन्नु पर्छ अहिले धेरै ठाउँहरु यस्ता पनि छन् जहाँ अहिलेसम्म राहतको मानो समेत पुगेको छैंन । यो अवस्थामा सबैले मिलेर राहत वितरण गर्नु पर्छ,भत्किएका घरहरु टाल्न शाहास दिनुपर्छ,भोकाहरुको पेटमा अन्न पार्ने व्यबस्था मिलाउन सक्नु पर्छ अनि घाईतेहरुको चोटमा मलम लगाउन सक्नु पर्छ र यो धेरै हदसम्म भएको पनि छ ।


 सधैं पर्दामा देख्ने कलाकारहरु यति बेला भूकम्पपीडितहरुको व्यथालाई आफ्नो सम्झदैं गाउँ गाउँमा पुगेर राहत वितरण नगरेका भने होइनन् तर केहि सेलिव्रेटीहरु भने देशमा यस्तो ठूलो विपत्ति आइपर्दा समेत पनि गुमनाम भएर बसेका छन् । अधिकाशं कलाकारहरु भूकम्पपीडितलाई राहत वितरण कार्यमा सहभागी हुदैं गर्दा नायिका गरिमा पन्तको पनि व्यापक रुपमा खोजी भयो तर उनी गुमनाम जस्तैं भइन । भूकम्प गएको करिब १ महिना झण्डैं हुनैं लग्दा पनि नायिका गरिमाले भूकम्पपीडितका लागी केहि नगरेको र गाउँबस्तीमा गएर भूकम्पपीडितको व्यथा नसुकेको देखेर यति बेला सिंगो चलचित्रक्षेत्रनै अचम्ममा परेको छ ।

बेला बेलामा ‘दर्शक भगवान सरह हुन् मेरा लागी’ भन्दैं हिड्ने नायिका गरिमा पन्त यति बेला भगवान जस्ता दर्शकहरुलाई पिडा हुदाँ आफ्नो मुहार समेत पनि नदेखाउनुले उनका हजारौं दर्शकहरु आक्रोशित भएका छन् । आफुले अभिनय गरेको चलचित्र चलाउँन ‘भगवान जस्ता दर्शक मेरो’ भन्ने नायिका गरिमा पन्त जब भगवान जस्ता दर्शकहरुलाई विपत्ति आइलाग्दा गुमनाम हुनुले यति बेला धेरै प्रश्नहरु उब्जाएका छन् ।

तर गरिमा वेपत्ता जस्तैं भएकी छिन् । उनी कहाँ छिन्,कस्तो अवस्थामा छिन् यो अहिले कसैलाई पनि थाहा छैन् । तर यो बेला चुपचाप हुनुले गरिमालाई धेरै प्रश्नहरु ढडिरहेका छन् तर गरिमा भूकम्प गएपछि हराएकी जस्तैं भएकी छिन् र भूकम्पपीडितलाई व्यवास्था गरेको जस्तैं गरेकी छिन् ।

तर यर्थाथ अरु पनि हुन सक्छन् तर जे भएपनि हालसम्म उनको सहभागीता कुनै काममा पनि नहुनुले भने कतै गरिमाको करियरमा यो विषयले धक्का पुग्ने त होइन भन्नेहरुको भिडपनि यति बेला बाक्लैं छ । तर जे होस् यस्तो अवस्थामा गुमनाम हुनु चै पक्कैं गलत हो ।npnewsline.blogspot.

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.