.किन हल्लियो त जमिन ?
Advertisement
अनुमानका भरमा भूकम्पको विश्लेषण
काठमाडौं, जेठ ७ ।भूकम्प मापन केन्द्रले विनाशकारी भूकम्प आएको एक महिना बित्न लागिसक्दा पनि जमिन कसरी हल्लियो भन्ने तथ्यांक (ग्राउन्ड मोसन डाटा) सार्बजनिक गरेको छैन ।
‘डाँडाका घरहरु किन भत्किए भन्ने अहिले सबैको चासो छ,’ केन्द्रसँग ग्राउन्ड मोसन डाटाका लागि ताकेता गरिरहेका एक विदेशी विश्वविद्यालयका प्राध्यापक एवं भूगर्भविदले आफ्नो नाम नछाप्न आग्रह गर्दै भने– ‘डाटा नै नपाएर हामीले पूर्ण विश्लेषण गर्न पाएका छैनौं ।ती विज्ञका अनुसार त्यस्तो डाटा ‘मोडलिङ’ गरेर ‘वेभ ट्रान्सफर’ कति भयो भन्ने थाहा हुन्छ, जसका आधारमा माटो र चट्टान के कति दरले हल्लिएको भन्ने तथ्य थाहा हुने समाचारमा उल्लेख छ । त्यसबाट कुन कुन बस्ती र क्षेत्र जोखिममा छन् भन्ने पनि थाहा हुन्छ । ‘भूकम्प आएपछि कसरी हल्लाउँछ र घरहरु कसरी त्यसको जोखिममा पर्ने रहेछन् भन्ने थाहा लाग्छ,’ ती विदेशी विज्ञले भने ।
केन्द्रले तथ्यांक सार्बजनिक नगर्दा बिभिन्न देशका बिभिन्न विज्ञले अनुमानका भरमा विश्लेषण गर्ने हुनाले सही जानकारी नआउने अमेरिकाको क्यालिफोर्निया स्टेट युनिभर्सिटीका सहप्राध्यापक एवं जियोटेक्निकल इन्जिनियर विनोद तिवारीले बताए ।ुडाटा पाएमा विश्वभरका विज्ञहरूको तथ्यांकमा आधारित रहेर एउटै मत आउँथ्योु उनले भने, ुयसले नेपाललाई फाइदा पुग्थ्यो, जति ढिलो गर्यो जनता उति अन्योलमा पर्नेछन्।source tajakhabar
Advertisement