Entertainment News
»
सन्नीबाट अभिनेताको गृहस्थ असुरक्षित ! अभिनेत्री सन्नी लियोनीले आफूबाट बलिउड स्टारका पत्नीहरूले असुरक्षित महसुस गरेको बताएकी छिन्
सन्नीबाट अभिनेताको गृहस्थ असुरक्षित ! अभिनेत्री सन्नी लियोनीले आफूबाट बलिउड स्टारका पत्नीहरूले असुरक्षित महसुस गरेको बताएकी छिन्
पोर्न फिल्मबाट बलिउड प्रवेश गरेकी भारतीय मूलकी क्यानेडाली अभिनेत्री सन्नी लियोनीले आफूबाट बलिउड स्टारका पत्नीहरूले असुरक्षित महसुस गरेको बताएकी छिन् । हालसालै दिएको एउटा अन्तर्वार्तामा सन्नीलेयस्तो बताएकी हुन् ।

अन्तर्वार्ताका क्रममा सन्नीले भनिन्, ‘मैले अहिलेसम्म जति पनि बलिउड अभिनेताहरूसँग काम गरेँ, तीमध्ये प्राय: सबै विवाहित छन् । कुनै सन्दर्भमा उनीहरूका पत्नीसँग भेट भएपछि म लामै समय गफिने गर्छु । गफका क्रममा उनीहरूले मबाट असुरक्षित महसुस गरेका छन् भन्ने महसुस मलाई हुने गर्छ ।’ यद्यपि, उनले यस्तो चिन्ता नलिन बलिउड अभिनेताहरूका पत्नी तथा गर्लफ्रेन्डहरूलाई आश्वस्त पारेकी छिन् । ‘उनीहरू सबैलाई म के भन्न चाहन्छु भने तपाईंहरूका पति अथवा ब्वाईफ्रेन्डप्रति मलाई कुनै रुचि छैन । किनकि, मसँग संसारकै असल पति छन्, मलाई हमेसा साथ दिने ।’ सन् २०१२ मा फिल्म ‘जिस्म–२’मार्फत सन्नीले बलिउडमा डेब्यु गरेकी थिइन् । फिल्ममा अभिनेता रणदीप हुड्डाले उनको जोडी भएर काम गरेका थिए । फिल्म सार्वजनिक भएपछि गर्लफ्रेन्ड नितु चन्द्रासँग रणदीपको सम्बन्ध बिग्रिएको समाचार सार्वजनिक भएको थियो । यद्यपि, केही समयपछि उनीहरूको सम्बन्ध पुन: पूर्ववत् अवस्थामा आएको बताइएको थियो । सन्नीलाई लिएर रणदीप र उनकी गर्लफ्रेन्डबीच विवाद भएको चर्चा त्यतिवेला चलेको थियो । source:nayapatrica
प्रतिक्रिया दिनुहोस्...