कोरियाको कम्पनीमै नेपाली युवाद्वारा आत्महत्या
Advertisement

दक्षिणकोरिया : इपिएस प्रणालीबाट कोरिया आएका एक नेपाली युवाले शुक्रबार आत्महत्या गरेका छन्  । बागलुङको बिहु गाविस–५ का ३१ वर्षीय तेजराज कँडेलले शुक्रबार राति झुण्डिएर आत्महत्या गरेका हुन् ।

ख्यंगनाम बोइरोड सिन्वानस्थित कंक्रिट कम्पनीमा कार्यरत कँडेलले कम्पनीको मेशिनमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
शुक्रबार साँझ साथीहरुसँगै खाना खाएर कोठामा सुत्न गएका उनी शनिबार बिहान मृत भेटिएका सोही कम्पनीमा कार्यरत कन्चनपुरका लोकराज भट्टले जानकारी दिए ।
सोमबार बिहान काम सुरु गर्ने समयमा नौ महिना अघि कोरिया आएका उनको शरीर मेशिनमा पासो लागाइएको अवस्थामा भेटिएको थियो । कँडेलसँगै चारजना नेपाली सो कम्पनीमा कार्यरत छन् ।
स्नातकोत्तर उत्तीर्ण उनी कोरिया आएका उनले त्यसअघि काठमाडौंको बसुन्धरास्थित एक  उच्च माविमा गणित बिषय प्राध्यापन गरिरहेका थिए । कम्पनीको काम र पारिवारिक तनावबारे कुनै जानकारी नभएको उनका साथी भट्टले जानकारी दिए ।
शनिबार बिदा परेकोले कम्पनीमा पुग्न नसकिएको जानकारी दिँदै दूतावासका उपनियोग प्रमुख राजाराम बर्तौलाले प्रहरी रिपोर्ट आएपछि शव नेपाल पठाइने जानकारी दिए ।
नेपालमा मृतक कँडेलकी पत्नी, आमा, दुई दाजुभाइ र डेढ वर्षका छोरा छन् । गत सोमबारमात्रै कास्की लेखनाथका रामहरिले बरालले आत्महत्या गरेका थिए ।source:annapurnapost

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.