धर्म गुरुबाटै बालिका बलात्कार
Advertisement

झापाः बालिका बलात्कारको आरोपमा श्रीकृष्ण प्रणामी धर्मका गुरु मोहनानन्द सुवेदी शनिवार साँझ झापाको कनकाई नगरपालिका – ४ स्थित कोटीहोमबाट प्रहरीले पक्राउ गरेको छ।

कोटीहोमस्थित माईधाममा सञ्चालित श्री कृष्णप्रणामी मन्दिर आश्रममा रहेका बालिकालाई धर्मगुरु सुवेदीले लामो समयदेखि आश्रममै बलात्कार गर्ने गरेको जनाउदै आश्रमकी १४ वर्षीया एक बालिकाले प्रहरी समक्ष उजुरी गरेपछि उनी आश्रमबाटै परिषद्को जिल्लास्तरीय बैठक भइरहेको समयमा वैठक स्थलबाटै पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनलाई प्रहरीले कैलालीको टीकापुर घर भई हाल आश्रममा बस्तै आएकी १४ वर्षीया एक बालिकालाई विगत एक बर्षदेखि  बलात्कार  गर्ने गरेको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रनाथ रेग्मीले जानकारी दिए।
मोरङ घर भई २० वर्षदेखि आश्रममा बस्तै आएका ६० वर्षीय सुवेदीले यस अघि पनि आश्रममा रहेका ६ जना  बालिकालाई गुरु सेवाको नाममा यौन शोषण गर्ने गरेको पीडित वालिकाको आरोप छ ।
कनकाई उच्च मावि सुरुङ्गामा कक्षा– ९ मा अध्ययनरत बालिकाले आफूमाथि लगातार भएको यौन शोषण अरु कसैले पनि भोग्नु नपरोस् भन्दै प्रहरीलाई खबर गरेसँगै घटना सार्वजनिक भएको हो । धर्मगुरुको यौन शोषणमा परेकी पीडित वालिकाको शनिबार मेची अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको बताइएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।source:annapurnapost.com

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.