३५ ट्रक राहत सामग्रीसहित यसरी आइन ममता (फोटो फिचर)
Advertisement

भारतको पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले नेपाललाई ठूलो परिमाणमा राहत सामग्री हस्तानतरण गरेकी छिन् । पश्चिम बंगला राज्य सरकारको तर्फबाट ममताले मेची पुल सम्म आफै आएर राहत सामग्री हस्तान्तरण गरेकी हुन् ।

ममता नेतृत्वको पश्चिम बंगाल सरकारले नेपालका भूकम्प पीडितका लागि सहयोगस्वरुप ठूलो परिमाणमा राहत सामग्री प्रदान गरेपछि उनको प्रसंसा भएको छ । मुख्यमन्त्री ममता बनर्जीले नेपाल सरकारका भवन निर्माण तथा सहरी विकासमन्त्री डा नारायण खड्कालाई सोमबार काँकडभिट्टामा ती राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

३५ वटा ट्रकमा रहेको राहत सामग्रीमा एक लाख त्रिपाल, त्रिपालसँगै कम्बल र खाद्य सामग्री छन् । राहत सामग्री ३५ ट्रकमार्फत नेपाल प्रवेश गराई प्रभावित क्षेत्रमा पठाइएको थियो । हस्तान्तरणपछि मुख्यमन्त्री बनर्जीले नेपालमा आएको विनाशकारी भूकम्पले आफूलाई दुःखी बनाएको र विपद्मा पीडितलाई भावनात्मक रुपमा सहयोग गरेको बताइन् । उनी मेची पुल सम्म आउँदा उनलाई सञ्चार कर्मीले घेरेका थिए । नेपालमा राहत वितरणका क्रममा भारतीय मिडिया र भारतीय सेनाको ब्यवहारको आलोचना भैरहेको समयमा छिमेकी राज्यकी मुख्यमन्त्री ममताको ब्यवहार भने उदाहरणीय भएको टिप्पणी कतिपयले गरेका छन् । source tajakhabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.