..गोरखामा आएको भूकम्पले, एक जनाको मृत्यु
Advertisement
२०७२ जेठ ११ गते
चितवन, ११ जेठ । शक्तिशाली भूकम्प गएको झण्डै एक महिनापछि गोरखामै आएको अर्काे भूकम्पबाट चितवनमा एक जनाको मृत्यु भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज विहान ३ बजेर २३ मिनेटमा गोरखालाई केन्द्रविन्दु बनाएर पाँच रेक्टर स्केलको भूकम्प धक्का महसुस भएको थियो ।
यस्तै, दोस्रो भूकम्प सोमबार विहान ११ बजे दोलखालाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको कम्पन भएको थियो
स्रोत - दैनिक नेपाल
Advertisement