-लडाकू विमान सडकमै अवतरण गरेपछि हेर्नुहोस
Advertisement

आधुनिक हतियार र सैनिकक्षमता दिनप्रतिदिन बढाइरहेको भारतले बिहीबार बिहान अनौठो सैनकि अभ्या गर्यो ।


उत्तरप्रदेशस्थित यमुना एक्सप्रेस राजमार्गमै वायु सेनाको लडाकू विमान अतवरण गराएर भारतले विमानस्थलको विकल्प खोजेको हो । लडाकू जहाज यमुना एक्सप्रेस राजमार्गमा अवतरण गरेको देख्ने र सुन्नेहरु समेत आश्चर्यमा परेका छन् । यस क्रममा राजमार्गमा तीन घण्टासम्म यातायात ठप्प भएको थियो । यो उडान कुनै पनि आपतकालिन अवस्थामा विमानस्थलमा समस्या भए राजमार्गमै लडाकू विमान अवतरण गराउने अभ्यासको शुरुवात हो । बिहान ६ बजेरा ४० मिनेटमा वायुसेनाको मिराज-२००० विमानले यमुना एक्सप्रेस राजमार्गबाटै उडान भरेको हो । यो विमान ग्वालियर एयरबेसबाट उडेको थियो । मथुरा नजिकैकै राजमार्गमा अवतरण गरेपछि यो विमान पुन उडेको हो । केही घण्टाको यो अभ्यासकै लागि आग्रा हवार्इ बेसबाट एयर ट्राफिक कन्ट्रोल सिस्टम, बर्ड क्लियरेन्स सिस्टम, रेस्क्यू ह्विलक्स र अन्य व्यवस्था राजमार्गमै गरिएको थियो । वायुसेनाका प्रवक्ताका अनुसार यो अभ्यासका दुर्इवटा उद्धेश्य रहेका छन् । पहिलो, कुनै पनि आपतकालिन अवस्थामा लडाकू विमानलार्इ राजमार्गमै उतार्न सकियो । दोस्रो वायुसेनाको परिचालन क्षमता पनि जाँच्नु थियो । वायुसेनाको विमान र पाइलट विमानस्थलका अतिरिक्त कुनै पनि राजमार्गमा अवतरण गर्न सक्छन् या सक्दैनन्, त्यसको जाँचका लागि पनि यो अभ्यास गरिएको ती प्रवक्ताले जानकारी दिए ।

वायुसेनाका अधिकारिका अनुसार आगामी दिनमा अर्को राष्ट्रिय राजमार्गमा पनि यस्तै हवार्इ अभ्यास गरिनेछ । केही दिनपहिले वायुसेनाका वरिष्ठ अधिकारीले उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवलार्इ भेटेर आगरा-लखनऊ राजमार्गलार्इ जतिसक्दो चाँडो लडाकू विमान बस्न सक्ने गरी चौडा र बलियो बनाउन आग्र गरेका थिए । यसको उद्धेश्य राजधानी दिल्लीबाट लखनउसम्मको राजमार्गलार्इ कुनै पनि आपतकालिन अवस्थामा विमानस्थलका रुपमा प्रयोग गर्न सकियोस भन्ने छ । source tajakhabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.