प्रचण्ड पुत्र प्रकाशले तेस्रो श्रीमती बिनाबाट छोरी जन्माएको तस्वीर सामाजिक सञ्जालमा
Advertisement

 काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परिवारमा नयाँ सदस्यका रुपमा नातिनीको जन्म भएको छ ।

हिन्दु परम्परा अनुसार अवैध मानिएकी बुहारी विना मगरबाट प्रचण्ड परिवारमा नातिनीको जन्मिएकीहुन् । एक मात्र प्रचण्ड पुत्र प्रकाश दाहालले तेस्रो श्रीमती बिनाबाट छोरी जन्माएको तस्वीर सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् ।
दुई वर्षअघि सगरमाथा आरोहणको क्रममा प्रकाश र एमाओवादी केन्द्रीय स्तरकी विद्यार्थी नेतृ बिना मगर प्रेम सम्बन्धमा बाँधिएका थिए । घरमा श्रीमती हुँदाहुँदै प्रकाशले बिनालाई बिहे गरेका हुन् । नेपालको कानुन अनुसार एक श्रीमती बाहेक अन्य श्रीमती भित्र्याउनुलाई सामाजिक अपराध मानिन्छ, तर प्रकाशलाई भने मुलुकको कुनै पनि ऐन कानुनीले छोएको छैन् ।
पहिलो श्रीमती सिर्जना तर्फ एक छोरी छन् भने दोस्रो श्रीमती तर्फ बच्चा जन्मिएको छैन् ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.