जानी राखौ...कुन राशि हुनेलाई प्रेम सम्बन्ध सुमधुर र फलिफाप हुन्छ
Advertisement

काठमाडौं, १४ जेठ – आजको दिनमा कुन राशिका ब्यक्तिलाई प्रेम योग कस्तो छ भनेर यहाँ प्रस्तुत गरिएको छः मेष राशि प्रेम वा सम्बन्धका विषयमा अचम्मित तुल्याउने कुरा हुन सक्ने छ । हुन त प्रेम यस्तो कुरा रमाइलो हुनेछ तर सोंच्दै नसोंचेको कुरा हुँदा भने अनौठो लाग्ने छ । वृष राशि यो राशिका ब्यक्तिलाई अचानक प्रेम प्रस्ताव आउन सक्छ । यस्ता प्रेप प्रस्तावलाई स्वीकार गर्ने कि नगर्ने भन्ने द्विदा हुनसक्छ । आफ्नो मनको आवाज सुन्नुस् । मिथुन राशि आज यो राशिका ब्यक्तिका लागि प्रेम प्रसंग अनुकुल छैन । आज मानसिक तनाव हुन सक्छ । मुड खराव हुने हुँदा नयाँ काम वा नयाँ सम्बन्धमा हात नहालेको राम्रो । कर्कट राशि यदि विवाहको कुरा चलेको छ भने प्रेमको कुरा खुलस्त भन्दिनुस् ।

आज भन्नु भएन भने तपाइँको प्रेम खतरामा पर्न सक्छ । बोलेर मात्र समाधान हुने हुँदा सके सम्म कुरा लुकाएर नराख्नुस । सिंह राशि तपाइँले आरुको कुरामा लागेर कुनै कदम चाल्नु भो भने परिणाम गम्भिर पनि आउन सक्छ । सके सम्म मनलाई काबुमा राख्नुस् । मन चन्चल हुँदा गरिएका कदमले समस्यामा पार्न सक्छ । कन्या राशि आजको दिन यो राशिका ब्यक्तिलाई प्रेम सम्बन्धका लागि राम्रो छ । आजको दिनले जीवन नै रंगिन बनाउन सक्छ । रोमान्टिक बन्नुस् मनको कुरा भन्नुस् । तुला राशि आज तपाइको मन अलि तनावमा रहने छ । तपाइँको जीवनमा कुनै आफू भन्दा मान्यजन महिलाको हस्तक्षेप हुन सक्छ ।
यस्तो कुराले तपाइलाई निराश बनाउन सक्छ । परिवारका लागि प्रेम छोड्नु पर्ने धर्म संकट आइलाग्छ । वृश्चिक राशि तपाइँ कसैको दवावमा बस्न सक्नु हुन्न । प्रेमि वा प्रेमिका नै भएपनि यसो गर्न नसक्ने बानीले हानी पुग्न सक्छ । आज अलिकति बानी परिवर्तन गर्नुस । धनु राशि आज तपाइँ घरमै ब्यस्त रहने योग छ । पाहुनाको सत्कार वा अन्य कसैलाई समय दिनु पर्ने हुन सक्छ । प्रेम वा रोमान्टिक सम्बन्ध आजका लागि अनुकुल छैन । मकर राशि तपाइँले जति नै कोशिस गर्दा पनि प्रेमि वा प्रेमीकाको मुड सुधार्न सक्नु हुन्न । तपाइँलाई आज प्रेमिकाको उदाश अनुहार हेर्नु पर्ने छ । कुम्भ राशि आज प्रेमिल बन्न खोज्दा समस्यामा पर्ने योग छ । तपाइँलाई आफ्नो प्रेम झुठो भएको महसुस हुन पनि सक्छ । अविश्वासको वातावरण बन्ने योग छ । मीन राशि तपाइँले आज प्रेम ब्यक्त गर्न सक्नु हुनेछैन । जति गर्दा पनि प्रेमिल शब्दको अभाव हुने देखिन्छ ।source naulo-khabar.

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.