.फेरि भूकम्प आउँछ भन्ने २ ज्योतिषीलाई सचेत
Advertisement

काठमाडौं, जेठ ६


 फेरि भूकम्प आउँछ भन्ने अभिब्यीक्त दिई जनजीवन त्रसित पार्न खोजेको भन्दै महानगरी प्रहरी अपराध महाशाखाले २ ज्योतिषीलाई सचेत गराएको छ । भूकम्प आउँदैछ भने स्टाटस लेख्ने ज्योतिषी डाक्टर सुनिल सिटौला र ओजराज लोहनीलाई प्रहरीले सचेत गराएको हो ।


सिटौलाले सामाजिक संजाल फेसबुकमा भूकम्प आउने स्टाटस लेखेका थिए भने लोहनीले जेठ ५ गतेसम्म भूकम्पको योग रहेको बताउँदै हिमालयन टिभीमा अन्र्तवार्ता दिएका दिए ।

सिटौलालाई एक हप्ता अघि र लोहनीलाई प्रहरीले हिजो सचेत गराएको हो । सिटौलाले कडा रुपमा मानिसहरुलाई त्रसित बनाएको एसएसपी पुष्कर कार्कीmे जानकारी दिए ।
स्रोत - सेतोपाटि

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.