.मोदी चीनमा हुँदा नक्शामा भारतको भूमी गायवः भारतीय मिडिया
Advertisement

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीनको भ्रमणमा रहेको समयमा चीनको राष्ट्रिय टेलिभिजनले भारतको नक्शाबाट भारतीय भूमि नै गायव पारेको भन्दै भारतीय मिडियामा हल्ला मच्चिएको छ ।


टाइम्स अफ इण्डिया देखि चलेका अखबारले समेत चिनियाँ राष्ट्रिय टेलिभिजन सिसीटिभीले भारतको नक्शामा चीनसँगको विवादित सीमा क्षेत्र अरुणाचल र जम्मु कश्मिर समेत गायव पारेको दावी गरेका छन् । नरेन्द्र मोदीको भ्रमणबारेको रिपोर्टमै चिनियाँ सञ्चार माध्यमले यस्तो गरेको भन्दै भारतीय मिडियामा कोकोहोल मच्चिएको छ । चीन र भारतबीच अरुणाचल प्रदेशमा सीमा विवाद रहिआएको छ भने जम्मु कश्मिरमा भने पाकिस्तान र भारतको विवाद छ ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.