भारतीय नेताको घरमा बम हानियो पत्निको निधन
Advertisement

भारत पश्चिम बंगालमा एक नेताको घरमा बम विष्फोट हुँदा नेता पत्निको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

तृणमूल कांग्रेस (टीएमसी) नेता बूरो हंसदाको घरमा बम विष्फोट भएपछि नेता पत्निको निधन भएको समाचारमा उल्लेख छ ।घटना आइतबार विहान भएको हो ।
नेताको घरमा रातिको समयमा अज्ञात ब्यक्तिहरुले बम हानेको र नेताका पति पत्निलाई मार्ने उद्देश्यले नै आक्रमण भएको प्रहरीले जनाएको छ ।
पत्निको निधन भएपनि नेता हंसदा भने घाइते भएका छन् । उनलाई अस्पतालमा भर्ना गरिएको समाचारमा जनाइएको छ ।घटना कसले के उद्देश्यले गराएको हो भन्ने विषयमा छानविन भैरहेको प्रहरीले जनाएको छ ।source:nepaliheadlines

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.