जानी राखौ...ढाड कम्मर दुख्नुको मुख्य कारण र यसको रोक थाम
Advertisement


तपाईलाई यदि ढाड दुख्ने समस्या छ भने नआत्निुहोस् । तपाई एक्लै हुनुहुन्न किनकी यो समस्या प्रायः सबै मान्छेले आफ्नो जीवनको कुनै कालखण्डमा एक न एक पटक महसुस गरेकै हुन्छ । लगभग संसारका ८५ प्रतिशत मान्छेहरुले यो समस्या सानो वा ठूलो रुपमा भोगेकै छन् । अधिकांश नेपाली आफ्नो दैनिक कार्यकलाप निहुरेर गर्छन्। ढाड दुख्नुको मुख्य कारण गलत तरीकाले काम गर्नु वा बस्नु नै हो। त्यसक्रममा ढाड वा नजीकको मांसपेशीमा असर परेर ढाडको समस्या शुरू हुन्छ।


ढाड कम्मर दुख्ने कारण:

१) गलत तरिकाले चिजबिजहरु उचाल्नु
२) एक्कासी गरीने कडा व्यायाम
३) अप्ठ्यारो सिरानी र सुत्दाको पोजिसन
४) आकस्मिक दुर्घटनाहरु जस्तैः उचाईबाट खस्नु खेलकुदमा हुने दुर्घटना सवारी दुर्घटना आदी
५) उभिँदा वा बस्दाको अप्ठ्यारो पोजिसन
६) कडा सोल भएको र अग्लो हिल भएको जुत्ता लगाएर लामो समयसम्म उभिँदा
७) लामो समयसम्म कुप्री परिरहनु
८) धेरै गह्रौं वस्तुहरु उचाल्नु
९) गर्भवती अवस्था
१०) विभिन्न रोगव्याधि र उमेरले ल्याउने शारिरीक परिवर्तन आदि ।

रोकथामका उपायहरु

१) सामान्य व्यायाम – शरिर तन्काउने हिँड्ने आदि
२) क्याल्सियम र भिटामिन ‘डी’ युक्त पोषण
३) पानीको प्रशस्त सेवन किनकी मेरुदण्डको हाडको बिचमा हुने ‘डिस्क’ मा ७० प्रतिशत पानी हुन्छ
४) धेरै कमलो बिछ्यौनामा नसुत्ने
५) ढाडलाई सधैँ सिधा राख्ने प्रयास गर्ने ।
६) उकाली ओराली गर्दा सिढि चढदा सावधानीपूर्वक विस्तारै हिडौं ।
७) ड्राइभिङ सिटमा अथवा कुर्सीमा वस्दा ब्याक रेष्टको प्रयोग गर्ने गरौं ।
८) खोक्दा वा हाच्छ्यिु गर्दा भित्ता वा टेवुलको साहायता लिऔं ।
९) शरीरको तौललाई आफ्नो उचाइ अनुसार नियन्त्रणमा राखौं । विशेषत पेटलाई वढ्न नदिऔं यसले ढाडमा अतिरित्त दवाव दिन्छ ।
१०) कम्मर वा गर्दन दुख्ने समस्य भएकाहरुले मोटरसाइकल नचलाऔं । हिड्दा ढाडको वेल्ट वा घाटीको कलर लगाऔं ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.