यी हुन् गाडी चलाउन रोक लगाइएका २६ स्थान
Advertisement

काठमाण्डु, ९ जेठ –  काठमाण्डु, ललितपुर र भक्तपुरमा भूकम्पबाट घर धरापमा परेका २६ स्थानमा प्रहरीले सवारी सधान चलाउन रोक लगाएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ बसपार्कमा ५ र  न्युरोडभित्र जनसेवा प्रहरी वृत्त आसपासका ५ फरक कुनामा सवारी निषेध गरेको हो। भित्री गल्लीहरूमा सवारी लैजान पनि रोक लगाइएको छ।
यस्तो रोक पुरातात्त्विक महत्त्वका सार्वजनिक स्थल र कालिमाटीको भित्री गल्लीमा पनि लगाइएको छ ।  कमलपोखरीका ३ र कीर्तिपुरमा पनि दुई स्थानमा सवारी चलाउन नपाइन्े प्रहरीले जनाएको छ ।
स्वयम्भू, गट्ठाघर, ठमेल, एयरपोर्ट, सुकेधारा, महाराजगन्ज, मंगलबजार, कपन र थानकोटका विभिन्न विन्दुमा पनि सवारी रोकिएको छ।
कान्पिुर दैनिकबाट



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.