अचम्मको व्यवहार देखाउने सर्प हेर्नेको घुइँचो
Advertisement

विराटनगर, फागुन १३ – विराटनगरको एक किसानको खेतमा एउटा कालो सर्प निर्धारित समयमा प्वालबाट बाहिर निस्कने गरेकाले हेर्नेको घुइँचो लाग्ने गरेको छ ।

विराटनगरको महेन्द्रचोकदेखि १० किलोमिटर उत्तरपूर्व बुधनगर–२ स्थित प्रदीप विश्वासको खेतमा विगत दुई महिनादेखि कालो रङ्गको सर्प दिउँसो १२ बजे र २ बजे निस्कने गरेको र करिब ४० मिनेट बाहिर बसेर पुनः सोही प्वालमा प्रवेश गर्ने गर्छ । सो क्रममा सर्प हेर्न भनेर नजिकै जानेलाई सर्पले डस्न प्रयास नगर्ने गरेको स्थानीय ओमकार राजवंशीले बताए । दैनिक रुपमा सर्वसाधारणको भीड लाग्न थालेपछि अहिले सो क्षेत्रलाई घेराबेरा गरी दानपेटीका समेत राखिएको छ । सङ्कलन भएको रकमलाई छुट्टै बैंकको खातामा राख्ने र सो ठाउँमा भजन कीर्तनको आयोजना गरिने गाविसका सामाजिक परिचालक हरिओम राजवंशीले बताए । सोही ठाउँमा नागदेवताको मन्दिर निर्माणका लागि जग्गाधनीसँग कुराकानीसमेत भइरहेको उनले बताए । रासस

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.