News
»
किन बनाइएको थियो ऐतिहासिक धरहरा, तपाईलाई थाहा छ ?
किन बनाइएको थियो ऐतिहासिक धरहरा, तपाईलाई थाहा छ ?
काठमाडौं । काठमाडौं आइपुग्ने हरेक मान्छेलाई एक पटक धरहराको टुप्पोमा पुगेर काठमाडौंको दृष्यावलोकन गर्ने रहर हुन्थ्यो । ऐतिहासिक धरहरा १९० वर्षपछि फेरि एउटा इतिहास बनेको छ ।
२०७२ बैशाख १२ गते आएको बिनासकारी भूकम्पले धरहरामात्रै होइन थुप्रै ऐतिहासिक र साँस्कृतिक सम्पदाहरु ध्वस्त बनेका छन् । तत्कालीन समयमा राजा, महाराजा तथा भाइभारदारको रहर, स्मरणमा बनाएका थुप्रै संरचनाहरु अद्यापी हामीसँग छन् । त्यसको ज्वलन्त उदाहरण रानीपोखरी यमलेश्वर मन्दिर, धरहरा लगायत हुन् । तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले विसं १८८२ मा महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनामा धरहरा निर्माण गरेका थिए । त्यसबेला धरहरा ११ तले थियो तर १९९० मा आएको विनाशकारी भूकम्पले धरहरा भत्किएपछि तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्ध शमसेरले धरहराको ९ तला राखेर पुननिर्माण गराएका हुन् । ६१ दशमलब ८८ मिटर अर्थात ९ हजार २ सय ३ फिट उचाई रहेको धरहरा भित्र २ सय १३ वटा सिंढी रहेका थिए । धरहराको १ सय ८८ सिंढी उक्लिएपछि बार्दली आउँथ्यो, बार्दलीबाट काठमाडौं उपत्यकाको अधिका“स भाग सजिलैसंग देख्न पाईन्थ्यो । जुद्धशमसेरले पुननिर्माण गराएको मुगलशैलीमा धरहराको वरिपरीको पर्खाल पनि सोही शैलीको थियो । ईटा र बज्र (सुर्की) चून, मास र चाकुको मिश्रण गरी धरहरा निर्माण गरिएको थियो । भीमसेन स्तम्भको नामले समेत परिचत धरहरा एक ऐतिहासिक स्मारक, धार्मिक र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण थियो । तर सोही धरहरा भूकम्पले ढल्दा झण्डै सय जनाले ज्यान गुमाए ।
प्रतिक्रिया दिनुहोस्...