मनकामना मन्दिरको यसरी निकालियो गजुर, मन्दिर भत्काइँदै (भिडियोसहित)
Advertisement
गोरखा, जेष्ठ २५ । दैनिक हजारौँ भक्तजनको घुइँचो लाग्ने गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको जिर्णोद्धार कार्य सुरु गरिएको छ । धार्मिक विधिअनुसार सोमबार बिहान ९ बजे गजुर पूजा गरी बिहान ११ः३० बजेको साइतमा मन्दिरको गजुर निकालेर जिर्णोद्धार सुरु गरिएको हो । मन्दिरमा रहेको सुनको गजुर निकालेर भजनमन्डलीमा ‘सेफ’भित्र राखिएको छ । गोर्खाका प्रमुख जिल्ला अधिकारी, स्थानीय पिकास अधिकारी, पुरातत्वका कर्मचारी र स्थानीयको रोहबरमा गजुर झिकेर मुचुल्का गरिएको थियो । गत वैशाख १९ गतेबाट सुरु गर्ने भनिएको जिर्णोद्धारको काम भूकम्पका कारण ढिलो भएको हो । पहिले नै ६ इन्च दक्षिण पश्चिम दिशातर्फ ढल्किएको मनकामना मन्दिर शक्तिशाली भूकम्पले गर्दा १४ इन्च ढल्केको छ । मन्दिर जिर्णाेद्धार गर्न करिब १३ करोड रुपैयाँ लाग्ने समितिले जनाएको छ । मंगलबारदेखि नै मन्दिर भत्काउने काम हुने जीर्णोद्धार समितिले जनाएको छ । source a2z khabar
Advertisement