.फेसबुक चलाउने सबैलाई अत्यन्त जरुरि सुचना (सबैले पढ्नैपर्ने )
Advertisement

पछिल्लो समयमा विश्वकै चर्चित  सामाजिक सञ्जाल फेसबुकमा यौनजन्य सामग्रीहरु पोस्ट भएर प्रयोगकर्ताहरुलाई हैरानीमा पारेको छ ।

यसमा  तपाईको कुनै दोष बिना नै यसरी अश्लील सामग्रीहरु फेसबुक विरुद्ध लागेका ह्याकरहरुले पोस्ट गरेर हैरानीमा पारेका हुन् ।
तर यस्ता सामग्रीहरुलाई तपाई सजिलै हटाउँन सक्नुहुन्छ । तपाईंका साथीहरुको एकाउन्टबाट आएको भाइरसयुक्त लिंकलाई तपाईंले क्लिक गर्नुभयो भने तपाईको फेसबुकबाट पनि यस्तै यस्तै म्यासेज तपाईका साथीहरुसम्म पुग्छ ।
साथै तपाईको फेसबुक एकाउन्टमा यस्ता सामग्रीहरु पोस्ट हुन्छन् ।
समाधान यसरी गर्नुहोस् -
तपाईले साथीहरुबाट आएका यस्ता म्यासेजलाई क्लिक गर्नुभयो र समस्यामा पर्नुभयो भने सुरुमा तपाईको फेसबुक एकाउन्टमा ‘ईन्स्टल’ भएका एपहरुलाई ‘अनस्टल’ गर्नुहोस् ।
त्यसपछि तपाईको फेसबुकको पासवर्ड परिवर्तन गरी केहि समयका लागि फेसबुकलाई ‘डीएक्टिभेट’ गरेर पुनः ‘एक्टिभेट’ गरी फेरि पासवर्ड परिवर्तन गर्नुहोस् ।
यसो गर्नुभयो भने तपाईले अनावश्यक तनावबाट समेत मुक्ति पाउनुहुनेछ । त्यसपछि तपाईले आवश्यक एपहरुलाई फेरि ‘इन्सटल’ गर्न समेत सक्नुहुनेछ ।source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.