भतिजी बलात्कार गरी हत्या गर्नेलाई २७ बर्षको जेल सजाय
Advertisement

काभ्रे, जेठ २३–जिल्ला अदालत काभ्रेले भतिजी नाता पर्ने ७ बर्षीया बालिकाको बलात्कार गरी हत्या गर्ने एक युवा र अर्का बालकलाई जेल सजायको फैसला गरेको छ ।


मोवाईल र सिडी मार्फत अश्लिल फिल्म हेरेपछि ७ वर्षिया भतिजी बलात्कार गरी हत्या गर्ने उग्रतारा जनागाल गाविस ७ का २० बर्षीय रोशन बोगटीलाई जिल्ला अदालत काभ्रेले शुक्रवार २७ बर्ष जेल सजायको फैसला गरेको हो । उनलाई साथ दिएका अर्का १६ बर्षका बालकलाई २५ बर्ष कैदको फैसला भएको छ । दोषी ठहर गरी सजाय सुनाइएका ती बालकको नाम भने गोप्य राख्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत काभ्रेका न्यायाधिश कृष्णराम कोईरालाको इजलाशले यस्तो आदेश दिएको स्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिए । गत बर्ष साउन ३० गते घरमै खेलिरहेकी बालिका ७ बर्षीय सलिना बोगटीको बलात्कारपछि हत्या गरिएको थियो । लगत्तै दुबै बालकलाई प्रहरीले पक्राउ गरेको थियो । लामो सुनुवाईपछि अदालतले ७ बर्षीया ती बालिकाको हत्यामा संलग्न रोशन बोगटीलाई हत्यामा २० वर्ष, सामुहिक बलात्कारमा ५ वर्ष र हाडनाता करणीअन्तर्गत २ वर्ष गरी २७ वर्ष कैद सजायँ तोकेको हो । अर्का बालकलाई हत्यामा २० वर्ष, सामुहिक बलात्कारमा ५ वर्ष गरी २५ बर्ष कैदको फैसला भएपनि नाबालक भएकाले १२ बर्ष ६ महिनामात्रै कैद तोकेर पुनस्र्थापना केन्द्रमा पठाउन आदेश दिएको छ । दुवैलाई जनही १ लाख २० हजार जरिवना तोकेको श्रेस्तेदार भण्डारीले जानकारी दिए । रोशन र उनको सल्लाहमा बालिकालाई बलात्कार पछि हत्या गरेर जंगलमा पुरिएको थियो । २०७१ साउन ३० गते घरमै खेलिरहेकी भतिजीलाई गोठमा लगेर बलात्कार पछि हत्या गरी घर माथीको जंगलमा लगि मारेर पुरेका थिए । बनेपाको ज्ञानज्योती स्कुलमा कक्षा २ मा अध्ययन गर्ने ७ बर्षिया सलिना बोगटीको बलात्कार पछि हत्या गरेको घटनाको विरुद्ध केही महिना अघि जिल्लाका विभिन्न संघ संस्थाहरु आन्दोलित थिए । रोशन र उनका साथीले बालिकालाई दिउसै गोठको बुईगलमा लगी पालैपालो बलात्कार गरेका थिए । दुबै जनाले बलात्कार गरेपछि सलिनाले घटनाको विषयमा आमालाई भनिदिने बताएपछि रोशनले सलिनाको खुट्टा च्यातेर मुण्टो भाँचेर हत्या गरेका थिए । source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.