थाहापाई राख्नोहोस गर्मीका बेला सर्पको टोकाईबाट बच्ने उपाय...
Advertisement

बिनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनहरुबाट हामी सबै आतकिंत भईरहेका बेला अर्कोतिर सर्पको पनि उत्तिकै डर छ । हामी घर बाहिर खेत, चौर, बाटो आदिमा बस्ने, हिंड्ने र राती सुत्दा समेत घर बाहिरै सुतेका हौंला । सधैका बर्षमा जस्तै यसपाली पनि गर्मीयामसंगै सर्पदंश पनि शुरु भईसकेको छ । अझ यसपाली वर्षा भईरहेको र भूकम्पका डरले घरबाहिर बस्दा सुत्दा धेरैजना मानिस सर्पले डस्यो वा कुनै चिजले टोकेजस्तो लाग्यो भन्दै अस्पताल आउनेको संख्या बढेको छ ।



एक त गर्मीको समय त्यसमा वर्षातमा साँझ र रातीको समयमा घरभन्दा बाहिर धेरै समय असुरक्षित तरिकाले बस्दा धेरैलाई सर्पले डस्न सक्छ । त्यसैले हामी आतकिंत होईन, होसियार र सजग बन्नुपर्दछ ।भौगोलिक कारणले पनि  तराईको भागमा गर्मी धेरै हुने हुनाले सर्पदंशको समस्या उच्च रहेको छ ।सर्पहरु आफ्नो प्रजाती अनुसार कुनै बिषालु त कुनै कम बिषालु भएतापनि हाम्रो देशको भौगोलिक अवस्था अनुसार लगभग सबै ठाउँमा दुबै प्रकारका सर्पहरु पाईन्छ । तराईमा गर्मी बढी हुने भएकोले बढी बिषालु सर्प घोण करास करेत, गोमन कोब्रा, भाईपर जस्ता सर्पहरु तराई क्षेत्रमा बढी मात्रामा पाईन्छ । हामीले जसरी हाम्रा घर भवन बनाउँदा पहिले नै बढी सावधानी अपनाउन नसकेका कारण भूकम्पले मेरो घर भवन भत्काउँछकी भनेर तर्सीएका छौं, त्यसरी नै घर बाहिर निस्कँदा वा घरमै रहँदा पनि सर्पदंश पनि हुन सक्छ है भनेर सावधानी हुने, अनावश्यक रुपमा घर बाहिर साँझ तथा रातीको समयमा ननिस्किने, भूकम्पका कारण वा अन्य कारणले घर बाहिर निस्किंदा, बस्दा, घुम्दा खुला ठाउँमा जाने, उज्यालोको प्रयोग गर्ने, ग-यो भने धेरै हदसम्म सर्पदंशको शिकारबाट बच्न सकिन्छ । कतिपय अवस्थामा सर्पले डसेको थाहा नपाउने, थाहा पाएर पनि अरु नै बस्तुले कोतरेको होला भनेर हेलचेक्राई गर्ने, बिषालु सर्प होईन भन्नेतिर लाग्ने, अस्पताल वा स्वास्थ्य संस्थातिर नगई झारफूक तिर लाग्ने, सर्प खोज्नतिर लागी समय बरबाद गर्दा समयमा नै अस्पताल पु-याउन नसकी धेरैले ज्यान गुमाउनु परेको उदाहरणहरु प्रशस्त छन ।sourcenponlinesansaar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.