सभासद् शान्ता चौधरी कक्षा आठमा भर्ना -छोरा कक्षामा ९ मा, छोरी कक्षा ७ मा
Advertisement

तुलसीपुर (दाङ) : पूर्व सभासद् शान्ता चौधरी उच्च मावि डाँडा गाउँमा कक्षा ८ मा भर्ना भएकी छिन्।
 पढ्ने चाहनालाई उमेरले रोक्दैन भन्दै उनी स्कुल भर्ना भएकी हुन् ।

चौधरी पूर्व कम्लहरीसमेत हुन्।  पैँतीस वर्षीया शान्ताका श्रीमान् वैदेशिक रोजगारका सिलसिलामा खाडी मुलुकमा छन्। उनका दुई छोराछोरीमध्ये छोरा कक्षा ९ मा र छोरी कक्षा ७ मा काठमाडौँमा एक निजी विद्यालयमा अध्ययनरत छन् ।
 चौधरी नेकपा (एमाले) का नेतासमेत हुन् । उनी पहिलो संविधानसभामा एमालेबाट सभासद् बनेपछि प्राकृतिक स्रोत व्यवस्थापन समितिका संयोजक रहेकी थिइन्।
 उनले ‘कम्लहरीदेखि सभासद्सम्म’ भन्ने पुस्तक प्रकाशन गरेर राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेकी थिइन्। रासस



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.