पर्वतमा एक शिक्षकले दलित तथा गैह्रदलितका कलिला छात्राहरुलाई यौनजन्य क्रियाकलापगरेको आरोपमा शिक्षक पक्राउ
Advertisement

पर्वतमा एक शिक्षकले दलित तथा गैह्रदलितका कलिला छात्राहरुलाई यौनजन्य क्रियाकलाप गरेको घटना सार्वजानीक भएको छ ।

जिल्लाको तिलाहार गाविस–९ स्थित ज्ञानेन्द्र प्राविमा पढाउने शिक्षक बमवहादुर खत्रीले बालबालिकालाई यौनजन्य क्रियाकलाप गरेको भन्दै अभिभावकहरुले जिल्ला प्रहरी कार्यालय पर्वतमा सोमवार उजुरी दर्ता गराएका छन् ।निज शिक्षकले कलिला छात्राहरुलाई एक एक गरी लाईब्रेरीमा बोलाएर नमानेमा आफै तानेर कोठामा लगी चरम यौन दुव्र्यवाहार गरेको उजुरीपत्रमा उल्लेख गरिएको छ । उनले आफुले गरेको क्रियाकलाप बाहिर कसैलाई वा घरका अबिभावकलाई भनेमा प्रहरीले लैजाने भन्र्दै धम्की दिने गरेको समेत खुल्न आएको छ । खत्रीले दलित तथा गैह्र दलितका बालिकालाई लामो समय अगाडी देखी पटक पटक बाल यौनजन्य क्रियाक्लाप गरेपछि तिनका अबिभावकले थाहा पाएपछि उक्त घटनाको रहष्य खुलेको पीडित पक्षले जनाएको छ ।शिक्षक खत्रीलाई यस अधि पनि छात्राहरु माथी त्यस्तै प्रकारका यौनजन्य क्रियाकलाप गरेको कारण ४ बर्ष अगाडी स्थानीय बासिन्दा र अबिभावकको रोवहरमा माफी मगाई आइन्दा त्यस्तो व्यवबाहार नगर्ने सर्तमा कागज गराएर छाडेको बिद्यालयका प्रधानाध्यापक टेकवहादुर भुवाजीले बताए । यता जिल्ला प्रहरी कार्यालय पर्वतले पीडित पक्षबाट उजुरी दर्ता भैसकेको र आरोपी शिक्षक बमबहादुर खत्रीलाई पक्राउ गरी हिरासतमा राखेको जनाएको छ । कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार घटनाको बारेमा अनुसन्धान भैरहेको र कारवाहिको प्रकृया अगाडी बढाइएको छ ।source:khabar.com

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.