नेपालमा कुनकुन वेवसाइट सबैभन्दा बढी हेरिन्छ?
Advertisement

सन् १९६९ देखि सुरु भएको एलेक्साले विश्वभरका करिब ३ करोड वेवसाइटहरुको गतिविधि हेर्ने गर्छ। वेवसाइटको बारेमा जानकारी दिने एलेक्साले ट्राफिक डाटा, साइटको पोजिसन तथा साइटको बारेमा अन्य विभिन्न जानकारी दिने गर्छ।

अमेजन डट कमको एलेक्साले वेवसाइटहरुलाइ मुख्यतः दुइ तरिकाले सुचीकृत गर्छ। पहिलो ग्लोबल अनि दोस्रो देश अनुसार। विश्वमा कुनै साइटको प्रभाव कति छ भनि ग्लोबल पोजिसन अनि कुनै पनि देशमा वेवसाइटको प्रभाव कति छ भनि देश अनुसारको पोजिसन एलेक्साले दिने गर्छ।
विश्वका प्रमुख वेवसाइट

एलेक्सा अनुसार विश्वमा सबैभन्दा खोलिने वेवसाइट हो गुगल डट कम। गुगल एक सर्च इन्जिन हो। बिभिन्न जानकारी, वेबसाइट, तस्बिर, भिडियो आदि खोज्नको लागि गुगलको प्रयोग गरिन्छ।

दोस्रो नंबरमा सामाजिक सञ्जाल फेसबुक डट कम रहेको छ। तेस्रो नम्बरमा युट्युव डट कम छ। भिडियोको लागि विश्वको सबैभन्दा ठुलो वेवसाइट हो युट्युव डट कम। चौथो नम्बरमा याहु डट कम छ। याहु पनि एक सर्च इन्जिन हो। साथै इमेल अनि च्याटको लागि पनि याहुको प्रयोग गरिन्छ।

पाचौंमा बैदु डट कम रहेको छ। यो चीनको प्रमुख सर्च इन्जिन हो। यो वेवसाइट चीनमा पहिलो स्थानमा छ। छैँटो स्थानमा अमेजन डट कम छ। सातौं स्थानमा विकिपिडिया डट ओराजी छ। आठौंमा तवबाओ डट कम छ। नवौंमा ट्वीटर डट कम अनि दशौंमा चीनको वेवसाइट क्युक्यु डट कम छ।

नेपालमा खोलिने प्रमुख वेबसाइट

नेपालमा भने सबैभन्दा बढी चलाइने साइट फेसबुक डट कम रहेको छ। दोस्रो नंम्बरमा गुगल डट कम अनि तेस्रो नंम्बरमा गुगलकै नेपाली संस्करण गुगल डट कम डट एनपी छ। चोथौ नम्बरमा युट्युव चलाइन्छ नेपालमा।

नेपालबाटै सञ्चालन गरिने पत्रपत्रिका सम्बन्धि वेबसाइटहरुमा अनलाइनखबर डट कम ५ औ नम्बरमा छ। त्यस्तै ६ नम्बरमा सेतोपाटी डट कम। ७ नम्बरमा इकान्तिपुर डट कम। ११ नम्बरमा नागरिकन्युज डट कम। १३ नम्बरमा अन्नपुर्णपोस्ट डट कम। १४ नम्बरमा रातोपाटी डट कम। अनि १८ नम्बरमा नेपालीहेडलाइन्स डट कम रहेको छ। त्यस्तै १९ नम्बरमा उज्यालोअनलाइन डट कम छ।

२० औ नम्बरमा भने अमेरिकाको अमेजन डट कम वेवसाइट रहेको छ।

भुकम्प पश्चात करिब २० लाख ४२ हजार नम्बर अगाडी हुदै राष्टिय भुकम्प मापन केन्द्रको वेबसाइट सेइसमोनेपाल डट कम विश्वको ७०, ८८२ नम्बरमा र नेपालको १६ नम्बरमा आएको छ।

नेपाली पत्रपत्रिका सम्बन्धि वेवसाइट विश्वमा कस्तो स्थानमा छन्?

अनलाइनखबर डट कम विश्वमा ६,१३९ नम्बरमा छ। इकान्तिपुर डट कम ७,४७१ नम्बरमा छ। सेतोपाटी डट कम ८,६६४ नम्बरमा छ। नागरिकन्युज डट कम ११,६८३ नंम्बरमा छ। नेपालीहेडलाइन्स डट कम १४,१५६ नम्बरमा छ। अन्नपुर्णपोस्ट डट कम १८,३१३ नम्बरमा छ। रातोपाटी डट कम  १८,७३४ नम्बरमा छ। उज्यालोअनलाइन डट कम २४,५७४ नम्बरमा छ। काठमाडौटुडे डट कम ३०,३८५ अनि पहिलोपोस्ट डट कम  ३१,९६६ नम्बरमा रहेको छ। source nepaliheadlines

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.