जापानमा ४ लाख जनालाई रोजगारी दिइने !
Advertisement
जापान । जापानमा पर्यटन क्षेत्रको सुधारकालागि पर्यटन क्षेत्रमा खर्च हुने बजटे बृद्धि गर्दै ४ खर्ब पुर्याउने लक्ष्य बनाएको छ ।
यसलागि ४ लाख नयाँ रोजगारी सिर्जना गर्ने तयारी सरकारको छ । प्रधानमन्त्री सिन्जो आवेले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अर्थतन्त्रको सुधारकोलागि पर्यटन क्षेत्रको बिकासको योजना अघि सारिएको जनाएका छन् ।
स्थिर क्षेत्रिय अर्थव्यबस्थामा सुधार गर्न सरकारले अन्य योजनाहरु समेत सार्वजनिक गरेको छ । प्रधानमन्त्री सिन्जो आबेले जापानले सन् २०२०मा आयोजना गर्ने ओलम्पिक खेललाई मध्यनजर गर्दै २० हजार ‘ड्युटी फ्री’ पसलहरु खोल्ने जानकारी दिए ।
पर्यटन मन्त्रालय सँगको छलफलमा आबेले देशको विकासकालगि पर्यटक आकर्षित गर्ने योजना ल्याउन आवस्यक रहेको बताएका थिए ।
सरकारले स्थानिय स्तरमा उत्पादित सामाग्रीहरुको सर्टिफिकेट दिने तयारी गरेको छ । जापानमा सन् २०१४मा पर्यटकले २.०३ खर्व गरेपछि जापानमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । स्रोत : नेपाल शन्देश
Advertisement