यी तीन कारणले बिग्रियो सलमान र ज्याकलिनको सम्बन्ध
Advertisement
मुम्बई । बलिउड नायक सलमान खान र श्रीलंकन सुन्दरी ज्याकलिन फर्नाण्डिज ‘किक’ फिल्ममा सँगै काम गरेसँग आपसी सम्बन्धका कारण निकै चर्चामा आए ।
उनीहरु श्रीलंकाको राष्ट्रपति निर्वाचनको प्रचारप्रसारमा समेत संगै देखिएका थिए । पछिल्लो समयमा भने उनीहरुको यी विभिन्न ३ कारणले सम्बन्ध बिग्रिएको छ ।
१.सलमानले ‘किक–२’ मा ज्याकलिनलाई नराख्ने भनेपछि
हालै दुबईमा भएको एक अवार्ड कार्यक्रममा सलमालाई ‘किक’ को सिक्वलका बारेमा सोधिएको प्रश्नमा उनले ‘किक–२’ बन्ने र यसमा ज्याकलिनका स्थानमा अर्कै नायिकालाई मौका दिने बताएका थिए । उनको यो भनाईले ज्याकलिनसँग उनको सम्बन्ध पुरानै अवस्थामा नरहेको प्रष्टिन्छ ।
२. ‘हिट एण्ड रन’ केसमा ज्याकलिनले सलमानलाई समर्थन गरिनन्
सलमानलाई ५ वर्ष जेल सजाय समेत सुनाईएको हिट एण्ड रन केसको अन्तिम फैसला हुने बेलामा सलमानलाई बलिउडका अधिकांश कलाकारहरुले समर्थन गरेका थिए । तर ज्याकलिन यो मुद्दामा मौन बसिन् । उनले आफू व्यस्त भएका कारणले सलमान खानको साथमा आउन नसकेको बताएकी थिइन् । यतिसम्मकी उनले सामाजिक सञ्जालमार्फत पनि सलमानको पक्षमा कुनै वाक्य खर्च गरिनन् ।
३. ज्याकलिनलाई आइटम डान्सबाट हटाएपछि
सलमानको निर्माणमा रहेको ‘हीरो’ फिल्ममा ज्याकलिनले आइटम डान्स गर्ने तयारीमा थिइन् । यसका लागि उनले रिहर्सल समेत सुरु गरेकी थिइन् । तर यो गीतका कारण फिल्मको अवधी लम्बिएको भन्दै त्यसलाई हटाइएको थियो ।
source nepalsandesh
Advertisement