Filmy Khabar
»
.रेखा थापालई हात मिलाउने भन्दै एक जडियाले गालामा चुम्बन गरेपछी...
.रेखा थापालई हात मिलाउने भन्दै एक जडियाले गालामा चुम्बन गरेपछी...
कुनै पनि कार्यक्रममा पुग्दा सेलिब्रेटीलाई सुरक्षाकर्मीको आवश्यकता पर्छ भन्ने कुराको महशुश सायद यो घटनाबाट पनि गर्न सकिन्छ ।

नेपालगञ्जगमा शनिबार आयोजना भएको ‘नेपालगञ्ज सांकृतिक कार्यक्रम’मा सहभागी हुन पुगेकी नायिका रेखा थापालाई संभवत एक घटनाले सधै नै तर्साउँछ होला । नेपालगञ्जको एक हलमा आयोजना भएको कार्यक्रममा वन पिसमा पुगेकी नायिका थापालई हात मिलाउने भन्दै एक व्यक्तिले गालामा चुम्बन गरिदिए । मदिराको नशामा रहेका उक्त व्यक्तिले चुम्बन गरेपछि रेखा निक्कै तनावमा पुगिन् । कार्यक्रममा उनले आफ्नो नयाँ चलचित्रको बिषयमा छोटो बोल्नु र सामान्य नृत्य गर्नु बाहेक अन्य केही गर्न सकिनन् । स्टेज चढ्ने क्रममा रेखामाथि यस्तो दुव्र्यवहार भएको हो । कार्यक्रममा निक्कै हंगामा मच्चाउने सोचमा पुगेकी रेखालाई उक्त मदिरा सेवन गरेका व्यक्तिले चुम्बन गरेपछि तनाव भयो । जसका कारण पनि उनी स्टेजमा लामो समयसम्म बस्न सकिनन् । श्रोतका अनुसार मदिरा सेवन गरेका ती व्यक्तिले रेखालाई बारम्बार बोलाइरहेका थिए । छात्ती खोलेर निक्कै हिरो शैलीमा देखिन्थ्य उनी, एक प्रत्यक्षदर्शीले बताए । २८ बर्ष उमेरका ती व्यक्तिका लागि भन्दै २ जना प्रहरी पनि खटाइएको उक्त प्रत्यक्षदर्शीको भनाई छ । नायिका रेखा थापाले स्टेजबाट झरेपछि चुम्बन गर्ने व्यक्तिलाई केही कुरा संझाएको बताइन्छ । यो घटना अहिले नेपालगञ्जमा सर्वाधिक चर्चामा छ ।
प्रतिक्रिया दिनुहोस्...