.फेरी अर्को भूकम्पले खोल्यो स्वयम्भू महाचैत्यको रहस्य
Advertisement

काठमाडौं, जेठ २१ । विभिन्न ठाउँमा निर्माण गरिएका सयौं वर्ष पुरनाना चैत्यभित्र के होला ? सबैमा उत्सुकता हुन्छ तर त्यो रहस्यमै रहन्छ ।


वैशाख १२ को भूकम्पले भने स्वयम्भू क्षेत्रको मंगलद्धार चैत्यको रहस्य खोलिदिएको छ । भूकम्प गएको केही सेकेन्डमै भत्किएको स्वयम्भू महाचैत्यको दक्षिण–पश्चिमको मंगलद्धार चैत्य (तिब्बती भाषामा टासी गोर्मा) मा नयाँ तथ्य भेटिएको छ ।

विभिन्न कालखण्डमा गरी तीन पटकसम्म लेयर थपिएर निर्मित यो चैत्यभित्र धातुको बक्समा मान्छेको अस्तु भेटिएको पुरातत्व विभागका अधिकृत देवेन्द्र भट्टराईले बताए ।

सामान्य रुपमा ठूला धर्मगुरु (सिद्धपुरुष) को मृत्युपछि उनीहरुको अस्तु राखेर यस्ता चैत्य निर्माण गर्ने प्रचलन छ ।

‘भगवान बुद्धले पनि आफ्नो अस्तु राखेर यस्तै चैत्य बनाउन लगाएको इतिहासमा पढ्न पाइन्छ,’ उनले थपे,‘त्यस्तै स्वरुपमा कुनै सिद्धपुरुषको अस्तु भेटिएको छ ।’ source tajakhabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.