ताप्लेजुङ पहिरोमा ३८ शव फेला, यस्तो छ पहिरो (भिडियोसहित)
Advertisement
ताप्लेजुङ, जेष्ठ ३० । ताप्लेजुङको उत्तर पश्चिमी ६ ओटा गाउँ विकास समितिमा बुधवार राति गएको पहिरोमा परी ज्यान गुमाउने मध्ये ३८ जनाको शव फेला परेको छ ।
घटनामा गम्भीर घाइते भएका ५ जनाको धरान तथा ५ जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । पहिरो परी २ सय ५० जना विस्थापित बनेका छन् ।
पश्चिमी ताप्लेजुङका ६ गाविसका खोला आसपास र डांँडामा रहेका दुई दर्जन बढी घर पहिरोले बगाएको हो । पहिरोले लिङतेप, खोक्लिङ, लिवाङ र थिङलावु गाविस सबैभन्दा बढी प्रभावित भएका छन् ।

Advertisement