यो साताको राशिफल (जेष्ठ ३०--आषाढ ५ सम्म)
Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
साता मध्यम फलदायी रहनेछ,सुरुवातमा धनार्जनको साथै बहुमुल्य  रत्न हरुको जिर्जाम गरिनेछ,आफन्त संगको सम्बन्ध सामान्य रहनेछ,क्षणिक लाभ उठाउन सक्रिय आफन्तहरुको संख्या बढ्न सक्ने देखिन्छ,सहयोग निकै गरिएता पनि जश भने पाउन निकै गार्हो होला,साहसिक काममा सक्रिय रुपमा लागिनेछ,भोज  भतेर तथा सभा समारोहमा सरिक हुने अवसर मिल्नेछ,साताको अन्त्यमा खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्नेछ,बिस्वासिला भनिएका हरु बात बिस्वास्घट हुन सक्ने देखिन्छ।




वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
स्वास्थ्यमा खराबीको सम्भाबना देखिन्छ,खानपान र यात्रामा सजग रहेर अगाडी बढ्न सकेमा ठुलो सफलता हात पार्न सकिनेछ,नंया मित्रहरु संगको साठगाठ मा नंया कामको थालनी गरिनेछ,प्रेम मय साता रहनेछ,पुराना साथि संग भेटघाट र भालाकुसारी गर्ने अवसर मिल्नेछ,सामाजमा आफ्नो प्रभुत्व जमाउनको लागि उपयुक्त समय रहेको छ,राजनीतिमा असाधारण फड्को मर्न सकिन्छ,धर्मकर्ममा रुची बढ्नेछ,खेलकुद तथा कलाकारिता क्षेत्रमा रहने हरुको लागि समय उत्साह प्रद देखिन्छ।




मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
हात परेका अवसर हरु लगनशिलताको कमीले गर्दा फुत्किन सक्छन,काममा रुची घट्नेछ भने मनमा खराब बिचारहरुले डेरा जमाउनेछन,संचित धनको सहि प्रयोग गर्न नजान्दा व्यर्थ खेर जान सक्नेछन,बुधबार देखि केहि सुधारको संकेत देखिनेछ,सामाजिक मान प्रतिष्ठा बढ्नेछ भने निर्णय क्षमतामा सुधार आउनेछ,बिग्रिएको प्रेम सम्बन्धमा पुनर्मिलन हुनेछ,मिष्ठान्न  भोजन को सु अवसर मिल्नेछ,मनोरन्जनात्मक कार्यक्रममा सरिक भइनेछ,दात सम्बन्धि समस्या भने आउन सक्ने देखिन्छ।



कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
साताको सुरवात प्रगति मुलक र अन्त्य मनोरन्जानात्मक हुनेछ,भने मध्य अवस्था खासै सफलता मुलक हुने देखिन्छ,सुरुमा नंया जागिरको प्राप्ति तथा गरि रहेको काममा अझै ठुलो सफलता हात लाग्नेछ,राज्यले तपाइको भरोशा गर्नेछ,मंगलबार र बुधबार अनाबस्यक झन्झट आइलाग्न सक्छ,मानसिक चिन्ता बढ्नाले गरेका कमाम बिबादित रहनु पर्ने हुन सक्छ,दाम्पत्य सम्बन्धमा कमजोरी आउनेछ,बिहिबार देखि दुखमा रमाउन सिकिनेछ,काम र स्वास्थमा सुधार आउनेछ।





सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
सामाजिक उत्तरदायित्व बहन गर्नुपर्नेछ,प्रतिनिधि भएर सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ,सहयोग,पुरस्कार र हौशला जस्ता कुरा हरुमा बृध्दि हुनेछन,बिग्रिएका सम्बन्धहरूमा सुधारको महसुस हुनेछ,माता पिताको स्वास्थ्यमा केहि कमजोरी आउने देखिन्छ,कुल कुटुम्बले तपाइको भरोशा गर्नेछन,बिदेशी सहयोग प्राप्तिको योग पनि देखिन्छ,साताको अन्त्यमा केहि असहज परिस्थितिको सामना गर्नु परेता पनि घर बाहिर रहेर गरेका काममा निकै सफलता हात लाग्ने देखिन्छ।





कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
सुरुवातमा नै चोटपटक को  भय देखिन्छ,सजग रहनु होला,धार्मिक रुची घट्नेछ भने उत्छ्रिंन्खल कार्यमा मन बहलिनेछ,बोलिको असाबधानिका कारण कानुनि तथा सामाजिक लफडा पर्न सक्छ,मुद्दा मामिलाको झन्झट लाइ पनि नकार्न सकिन्न,बिद्वद वर्ग संगको सम्बन्धमा निकटता देखिनेछ,आर्थिक अबस्थामा सुधारको लक्षण देखिन्छ,कृषि जन्य ब्यबसाय र  पशुधनको संरक्षण गरिनेछ,पुराना समस्या ब्युतिन सक्ने पनि देखिन्छ,पढाई लेखाइ र साहित्यिक लेखनमा भने निराशाजनक अबस्था रहला।




तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
साताको सुरुवातमा आफन्त संग मनमुटाब हुनेछ,स-साना कुरामा अल्झनु पर्ने छ भने ठुला उपलब्धि मिल्ने काममा समय दिन नसकिने देखिन्छ,झैँ-झमेला र मुद्दामामिला को समस्या बढ्नाले समय  त्यसै बित्न सक्ने देखिन्छ,धैर्यता र सहनशिलतालाई बढाएर  काममा लागे  सफल हुन सकिएला,बुधबार  देखि समय सुधारोन्मुख रहनेछ,सानो परिश्रममा पनि काम फत्ते गर्न सकिनेछ,ब्यबसायमा सफलता हात लाग्नेछ,प्रणय सम्बन्धमा सुधार आउनेछ,मन परेको बस्तु उपहार मिल्नेछ।





वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
सुरुवात केहि फलदायी रहनेछ,शत्रु पक्ष बलियो रहेता पनि परास्त गर्न सक्ने शक्ति बलियो रहदा खासै घाटा लाग्ने छैन,नंया बाहन तथा विलासिताको सामानको जोर जाम हुनेछ,बैबाहिक सम्बन्धमा केहि नि:रसता देखिन सक्छ भने प्रेम सम्बन्धमा तिक्तता आउनेछ,पढाइ लेखाइमा खासै मन जाने देखिन्न,घुम फिर र मनोंजानात्मक काममा समय व्यतित हुनेछ,बुधबार र बिहिबार समय खासै बलवान देखिन्न,साताको अन्त्यमा भने सामाजिक र राजनैतिक अबरोध बाट पार पाइनेछ।



धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
पढाइ लेखाइमा लागेको गतिमा कमि आउन सक्छ,धन आर्जन तिर मन बढ्नाले शैक्षिक उन्नतिमा अबरोधको सिर्जना गराउनेछ,स्वास्थ्यमा क्रमिक सुधार आउनेछ भने दुर्घटना आदिको भय अझै यथावत रहने देखिन्छ,ब्यापारिक साझेदारी हुन सक्ने समय देखिएता पनि सहि निर्णयको कमीमा फल प्राप्तिमा बिलम्ब हुन सक्ने देखिन्छ,देनदेनमा कमजोरी देखिन्छ,साताको अन्त्यमा आर्थुक पाटो खस्कनु को साथै मुद्दा मामिलाको झन्झटले उन्मुक्ति दिन नसक्ला,धार्मिक यात्राको सम्भावना देखिन्छ।



मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
पारिवारिक समस्या बाट  केहि  हद सम्म मुक्ति पाइएला,आफ्नो लागि भन्दा पनि समाज र राष्ट्रको लागि समय खर्चिनु पर्ने समय देखिन्छ,र देश भक्तिको भावमा बृध्दि आउनेछ, साहित्यिक र कलाकारिताको पाटो निकै सफल देखिन्छ,सम्मानित हुने अवसर मिल्नेछ भने आफ्नो कला प्रदर्शन गर्ने सु-अवसर जुट्नेछ,स्वास्थ्यमा सुधार आउनेछ,लामो यात्रा गर्ने अवसर मिल्नेछ,सन्तान र नोकर बाट खर्छ बढ्नु को साथै छर-छिमेकमा अपजस खेप्नु पर्ने हुन सक्छ।



कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
साता निकै फलदायी रहनेछ,सुरुवातमा पारिवारिक समस्या ले पिरोलेता पनि बिस्तारै समाधान तिर उन्मुख हुनेछ,जग्गा जमिन र अचल सम्पत्ति बाट झन्झट बढ्नुको साथै दुख गरे अनुरुप जश पाउन नसकिएला,मंगलबार बाट काम बन्नेछ भने,पढाइ लेखाइमा रुची बढ्नेछ,आफ्ना सहयोगी  र सेवक वर्गबाट सहायता बढ्नाले काममा निकै सफलता मिल्नेछ, सप्ताहान्तमा रत्न तथा गर-गहनाको जोरजाम गरिनेछ,फसेका केहि सम्पत्ति  हात लाग्नेछन।





मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
संचित गरि राखेका सम्पत्तिमा आफन्तको कु दृष्टि लग्न सक्छ,काम बिगार्ने तत्व हरु सक्रिय रहनाले गोपनियता अपनाउनु पर्ने आबस्यकता देखिन्छ,सहासिक र कठिन काममा सक्रियता बढ्नेछ,पुराना साथि संगी संग भेट घाट गर्ने  अबसर जुट्नाले मनमा आनन्दको अनुभूति आउनेछ,मिष्ठान्न भोजनको अवसर जुट्नेछ,दाजुभाइ र आफन्त संगको सम्बन्धमा साताको अन्त्यमा  कमजोरी आउन सक्ने देखिन्छ,सस्थागत उन्नतिमा तपाइको परिश्रम अत्यन्त सह्रानीय देखिनेछ। source dainik online khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.