.फेसबुक म्यासेन्जरमा नयाँ फिचर, अव झुट बोल्न नपाइने
Advertisement

फेसबुक म्यासेन्जरमा नयाँ फिचर, अव झुट बोल्न नपाइने
विश्व चर्चित सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जरमा नयाँ एप्लिकेशन थपेको छ । यो फिचर अनुसार तपाइँले कुरा गर्ने साथीले तपाइँको र तपाइँको साथीको तपाइँले कहाँबाट कुरा गरेको हो भन्ने थाहा पाउन सकिन्छ । यसले तपाइँको साथी भएको ठाउँ भनिदिन्छ ।

नयाँ अपडेटमा फेसबुकले म्यासेन्जरमा च्याट मेनुमा लोकेशन पिन पनि थपेको छ । यसमा गएर मोर ‘More’ अप्सन क्लिक गर्दा Location pin भन्ने अप्सन आउँछ । त्यहाँबाट तपाइँ र तपाइँको साथीको लोकेशन थाहा हुन्छ ।
त्यति मात्र होइन यो एप्लिकेशनबाट साथीलाई लोकेशन म्याप समेत पठाउन सकिन्छ । तपाइँको साथीसँग भेट्ने कुरा भो भने यहाँ भेट्ने भनेर लोकेशन म्याप समेत पठाउन सकिने सुविधा फेसबुकले दिएको छ ।
सावधान हुनुस्
फेसबुका नयाँ फिचर थपिँदै जाँदा झन्झट पनि थपिएको छ । किन पनि कहिलेकाँहि तपाइँको लोकेशन थाहा दिँदा पनि समस्या हुन सक्छ ।
कहिले काँही फेसबुककै कारण तपाइँले बोलेको झुटो कुरा समेत पकडिन सक्छ । यद्यपी तपाइँको लोकेशन सर्भिस भने तपाइँले चाहेमा मात्र सक्रिय हुन्छ । अन्यथा केही फरक पर्दैन ।source lumbini khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.