-धरानमा किशोरीको सामूहिक बलात्कार
Advertisement

धरान, जेष्ठ २६ - सोमबार धरानमा एक किशोरीको सामूहिक बलात्कार भएको छ । बेलुकी ९ बजे आफ्ना केटासाथीका साथ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिम क्षेत्रको चौरमा बसिरहेकी १६ बर्षीया किशोरीका केटा साथीलाई कुटपिट गरी किशाेरीलाई नजिकैकाे जंगलमा लगि बलात्कार गरिएकाे प्रहरीले जनाएको छ ।

‘उनीसँग रहेका केटा साथीलाई मरणासन्न हुनेगरी कुटपिट गरेर किशोरीलाई नजिकैको चारकोसे जंगलमा लागि बलात्कार गरिएको उजुरी आएको छ,’ इलाका प्रहरी कार्यालयका डीएसपी सुदमकुमार सिजापतिले बताए । किशोरीको मुख र आँखामा पट्टी बाँधेर ८–९ जनाले बलात्कार गरेको लिखित उजुरी परेको उनले बताए ।
बलात्कारपछि जंगलमा छाडिएकी किशोरी मुश्कीलले घर आइपुगी घटनाबारे अभिभावकलाई जानकारी गराएकी थिइन् । लगत्तै उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
उजुरीपछि प्रहरीले संकास्पद सात जनालाई पक्राउ गरेको छ । त्यसमध्ये एकजनाले अपराध कबुल गरेको डिसएपी सिजापतिले बताए । अन्य बलात्करीको पनि प्रहरीले खोजी गरिरहेको उनले बताए ।source:ekantipur



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.