.कोरियामा स्टाटस लेखेर एक नेपाली सम्पर्कबिहीन..
फोनिज कोरिया संवाददाता सोल-फेसबुकमा स्टाटस लेखेर कोरियामा एक नेपाली ५ दिनदेखि सम्पर्क बिहिन भएका छन् |
ईपीएस मार्फत १० महिनाअघि यहाँ आएका तेह्रथुम ओयाक्जुङका सबिन मादेम्बा लिम्बु गत आइतबार बिहानदेखि सम्पर्क बिहीन भएको सहकर्मीहरुले बताएका छन् | आनसङमा रहेको हाङगेल नामक बंगुर फर्ममा बिगत २ महिनादेखि काम गर्दै आएका थिए लिम्बु हराएपछि दैनिक ४० प्रहरीले तालिम प्राप्त कुकुरसहित आसपासको क्षेत्रमा खोजि गरिरहेका छन् | सबिनले गत शनिबार लेखेको स्टाटस २४ बर्षीय अबिबाहित लिम्बु आइतबार राती साथीहरुसंग खाना सुतेका थिए | सोमबार बिहान साथीहरुले नदेखे पछि उनको खोजि सुरु भएको थियो | खोजिकै क्रममा मंगलबार दुइ वटा मोबाइल मध्ये फर्म मास्तिरको जङ्गलमा फुटेको अवस्थामा सोमबार प्रहरीले फेला परेको थियो | लिम्बुले शनिबार साँझ ६ बजेर ८ मिनेट जाँदा लिम्बु भाषामा ‘मा’ आमा र ‘बा’ बुबा दुई शब्द लेखेका छन् | त्यस्तै ६ बजेर ५ मिनेटमा ‘माफ पाउँ सबै नेपाली बुबा,आमालाई दाइहरु गल्ति भयो |’ भनेर लेखेका छन् | source taja khabar
प्रतिक्रिया दिनुहोस्...