जानी राखौ...टन्सीलाईटीसको रोकथाम तथा उपचार
Advertisement

टन्सीलाईटीसको रोकथाम तथा उपचार
डा बिष्णु प्रसाद पण्डित
यो प्राय केटा केटीहरुलाइ लाग्ने रोग हो तर जुनसुकै उमेरमा पनि लग्न सक्छ्र घाटी दुखने, थुक निल्दा वा खान खादा अफ्ठयारो हुने , ज्वरो आउने प्राय यो रोगका लक्षण हुन््र टन्सिल लिम्फाइड नामक एक विशेष प्रकारको तन्तुहरुको समूह हो । यो मुखको भित्री भाग जिब्रोको अन्तिम भागतिर एजबचथलह नाकको बीचमा रहेको हाडमा रहेको हुन्छ । टन्सिलले हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीमा महत्वपूर्ण भूमिका निभाउने गर्दछ । टन्सिलबाट लिम्फोसाइट र मोनोसाइट नामक दुई कोषको निर्माण हुन्छ जुन हाम्रो रोग प्रतिरोधात्मक क्षमताको महत्वपूर्ण अंश हो । यसका साथै टन्सिलले म्याक्रोकाज नामको कोष पनि निर्माण गर्दछ । यो कोषले शरीरभित्र प्रवेश गरेका जीवाणुलाई नष्ट गरेर हामीलाई रोग लाग्नबाट बचाउँछ। विभिन्न कारणले गर्दा यी टन्सिलमा संक्रमण भएर सुन्निनुलाई नै टन्सिलाइटिस भनिन्छ ।


कारणहरु
जीवाणु सरेर हुन सक्छ्र
सामान्य ब्याक्टेरियाहरु बाट हुनसक्छ्र
मुख र दातको राम्रोसंग सफाई नगर्नु्र
कुपोसन तथा घनावस्ती भएको ठाउमा हुनसक्छ्र

रोगको विकास
कान दुख्ने टाउको दुख्ने सम्पूर्ण शरीर गलेको दुखेको अनुभव हुनु कब्जियत र पेट दुख्ने समस्या पनि तीव्र टन्सिलाइटिसमा देखा पर्न सक्छ । मुखभित्र हेर्दा टन्सिलहरु सुन्निएका र रातो हुन्छ । कहिलेकाहीं यी दुई टन्सिल बढेर झण्डै एक अर्कासँग जोडिन पुग्छन् । जीर्ण टन्सिललाइटिसमा समय समयमा घाँटी दुखिरहने घाँटीमा केही अड्केको जस्तो अनुभव भइरहने मुख मीठो नहुने सास गन्हाउने जस्ता लक्षण हुनसक्छ । यदि टन्सिलहरु अत्यन्त ठूलो भएमा यसले हाम्रो बोलीमा खानेकुरा निल्न सास फेर्नमा समेत अप्ठ्यारो असजिलो अनुभव गराउन सक्छ । यसरी टन्सिलको संक्रमण यसको सही समयमा उपचार गरिएन भने विभिन्न जटिलता उत्पन्न हुनसक्छ । साथै टन्सिल वरिपरी पीप जम्मा हुनु कोन पाक्नु बाथ ज्वरो आउनु मिर्गौलाको संक्रमण हुनु र मुटुमा संक्रमण भएका मुटु सुनीने पनि हुन सक्छ । जीर्ण टन्सिललाइटिसको समयमा उपचार नभए टन्सिलको वरिपरि र टन्सिलमा पीप हुनु टन्सिलमा स्रीस्ट हुनु टन्सिलमा पत्थर बन्नु जस्ता जटिलता उत्पन्न हुनसक्छ ।

लक्षणहरु
सुरुमा बिरामीलाइ घाटीमा अफ्ठयारो हुनछ्र
भोक नलाग्ने र अल्छि लाग्न सक्छ्र
बिस्तारै ज्वरो आउन थाल्छ्र
टन्सिलहरु सुनिएको र रातो रातो देखीन्छ
त्यसपछि पनि निक्लिन थाल्छ्र
पिप बग्ने वा सुजन हुनछ्र
लिम्फमा तन्तुहरु सुनीन्छ र कडा हुन्छन्र
उपचार
आराम गर्नु पर्छ्र
झोल कुराहरु खानु पर्छ्र
ज्वरो कम गर्ने र दुखाई कम गर्ने एनेल्जेसिक दिनुपर्छ्र
पन्सिलिन नै राम्रो दवाई हो्रन्छsource taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.