नेपाली सेनाले किनेको २ वटा एमआइ सेभेन्टिन हेलिकप्टर काठमाडौं आइपुग्यो
Advertisement

नेपाली सेनाले किनेको २ गोटा एमआइ सेभेन्टिन हेलिकप्टर आज काठमाडौं आइपुगेको छ ।  सेनाले २ वटा एमआइ सेभिन्टिन भी फाइभ हेलिकप्टर किनेर नेपाल ल्याएको हो ।

२०७० कार्तिक १४ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार नेपाली सेनालाई सुरक्षा र प्रतिरक्षाको लागि आवश्यक २ (दुई) गोटा हेलिकप्टर खरिद गर्नका लागि “नेपाली सेनाको लागि हेलिकप्टर खरिद सम्बन्धी कार्यविधि” पारीत भएको थियो ।

सोही कार्यविधिको प्रावधान अनुरुप प्रधान सेनापति गौरब शम्शेर ज.ब.रा.बाट नेपाली सेनाको लागि मित्रराष्ट्र रुसबाट २(दुई) गोटा हेलिकप्टर खरिद गरेको सेनाले जनाएको छ । नेपाली सेनालाई आवश्यक उक्त प्रकृतिको हेलिकप्टर मित्रराष्ट्र रुसमा मात्र उत्पादन हुने भएकोले नेपालस्थित रुसको राजदुतावास मार्फत खरिद प्रक्रिया अगाडी बढाईएको  सेनाले जनाएको छ ।

रुसको सरकारी स्वामित्वमा रहेको उक्त हेलिकप्टर आपूर्ति गर्ने अधिकार प्राप्त एक मात्र कम्पनी ज्वाइन्ट स्टक कम्पनीसँग सेनाले हेलिकप्टर किन्न २०७० सालको ४ गते संझौता गरेको थियो ।

नेपाली सेनाको सामरिक क्षमताको लागि एक रणनीतिक साधनको रुपमा रहने, हाल नेपाली सेनाले प्रयोग गर्दै आईरहेको ठुलो हवाई साधनहरुसंग एकरुपता आउने, नेपालमा नै उपलव्ध पाईलटहरुद्धारा सहज तरिकाले उडान भर्न सक्ने, स्तरियता कायम  गर्न मद्धत पुग्ने र दीर्घकालिन रुपमा मितव्ययी हुन जाने तथ्यहरुलाई समेत मध्यनजर राखी सो हेलिकप्टरहरु खरिद गरिएको प्रष्ट पारेको छ । source a2z khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.