सवा लाख घुससहित इन्जिनियर रंगेहात पक्राउ (फोटोफिचर)
Advertisement

नुवाकोट, जेष्ठ २६ । डिभिजन सडक कार्यालय नुवाकोटका इन्जिनियर लालसिंह ऐरीलाई अख्तियारको टोलीले मंगलबार दिउँसो सदरमुकाम विदुरमा एक लाख २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

सेवाग्राहीसँग

नगद रुपैयाँ घुस लिइरहेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालय परिसरस्थित गाडीबाट ऐरीलाई नियन्त्रणमा लिएको हो ।

सडकको निर्माणपछि प्राविधिक फछ्र्यौट स्वीकृत गर्नको लागि सेवाग्राहीसँग ऐरीले एक लाख २५ हजार रुपैयाँ मागेकोमा एक लाख २० हजार रुपैयाँमामा सहमति भएर रकम बुझेका थिए । सोही नगद रुपैयाँसहित अख्तियारको टोलीले रंगेहात नियन्त्रणमा लिएको हो ।


सेवाग्राहीसँग उनले डिभिजन सडक कार्यालयको बा१झ ५८ नम्बरको गाडीमा नै बसेर रकम लिएको केही समयमा नै अख्तियारका प्रहरी नायव उपरीक्षक खेमबहादुर केसीसहितको टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका इन्जिनियर ऐरीलाई अनुसन्धान र आवश्यक कारबाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं लगेको छ ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.