मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
Advertisement

२७ जेठ, नवलपरासी । नवलपरासीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । देवचुली नगरपालिका-१ को भित्री सडकमा मंगलबार राति उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ना  १७ प ९३ ६० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टदा चालक २६ वर्षका सोमबहादुर रायमाझीको मृत्यु भएको हो ।

देवचुली नगरपालिका १ बस्ने रायमाझीको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार सोही ठाउँका २६ वर्षका पारस गुरौ घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको नवलपुर प्रहरीले जनाएको छ ।source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.