पूर्व मन्त्री पद्मसुन्दर लावतीको निधन, दाहासंस्कार शनिबार गरिने
Advertisement

काठमाडौं, जेष्ठ २७ । पूर्व मन्त्री तथा राप्रपा नेपालका नेता पद्यमसुन्दर लावतीको निधन भएको छ ।
राजधानीको नर्भिक अस्पतालमा उपचारका क्रममा ७६ बर्षको उमेरमा उनको निधन भएको हो ।

मृगौलासम्बन्धी समस्याका कारण गत २३ गते उनी नर्भिक भर्ना भएका थिए । तर दिनदिनै स्वास्थ्य जटिल हुँदै गएपछि आज विहानै देखि भेन्टिलेटरमा राखिएको थियो ।
लावती रक्त अल्पता, श्वासप्रश्वास तथा मृगौंला सम्बन्धी रोगबाट ग्रसित थिए ।
पञ्चायतकाल देखि नै राजनीतिमा सक्रिय भएका उनी प्रजातन्त्र पुनःस्थापना पछि पटक पटक गृह, प्रशासन र कृषि मन्त्री भएका थिए । लावतीका दुई छोरी र तीन छोरा छन् ।
उनको दाहसंस्कार भने शनिबार मात्रै हुने भएको छ । अमेरिका र क्यानाडामा रहेका उनका आफन्तहरु आइसकेपछि मात्र दाहसंस्कार गर्न लागिएको परिवार स्रोतले जानकारी दिएको छ । source imagekhabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.